: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले पदबाट राजीनामा दिएर राम्रो गरेको टिप्पणी गरेका छन्। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मी माझ प्रचण्डले प्रश्न उठेपछि राजीनामा दिएर गृहमन्त्री सुधन गुरुङले राम्रो गरेको टिप्पणी गरेका हुन् ।
गृहमन्त्रीले राजीनामा दिएको बिषयमा के भन्नु हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘जे गर्नुभयो, राम्रो गनु भयो ।’ विवादमा तानिएपछि गृहमन्त्री गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन् ।