मुख्य समाचार
सरकारले पछिल्लो समय कानुन र संवैधानिक मूल्य मान्यताभन्दा बाहिर गएर ‘लहडका भरमा’ निर्णय गरिरहेको आरोप
सरकारले पछिल्लो समय कानुन र संवैधानिक मूल्य मान्यताभन्दा बाहिर गएर ‘लहडका भरमा’ निर्णय गरिरहेको आरोप

: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले पछिल्लो समय कानुन र संवैधानिक मूल्य मान्यताभन्दा बाहिर गएर ‘लहडका भरमा’ निर्णय गरिरहेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकारले विधि मिच्दै लहडमा निर्णय गरिरहेको बताएका हुन् । सरकारलाई जिम्मेवार र सचेत हुन आग्रह गर्दै थापाले नागरिकका जायज मागलाई बेवास्ता गरिए कांग्रेसले सशक्त रूपमा आवाज उठाउने चेतावनी दिए । थापाले भने,‘हामीले सरकारलाई सचेत गराइरहेका छौँ । सुन्छ भन्ने विश्वास पनि राखेका छौँ । तर,नसुने कसरी सुनाउने भन्ने पनि हामीलाई राम्रोसँग थाहा छ ।’

उनका अनुसार पछिल्ला केही निर्णयहरू विधि,प्रक्रिया र कानुनी दायरालाई बेवास्ता गरेर गरिएको भन्दै त्यसले प्रजातन्त्र र सुशासनमाथि नै प्रश्न खडा गरेको छ । संविधान कार्यान्वयन,विधिको शासन र प्रजातन्त्रका आधारभूत मान्यतामा सरकार चुक्न नहुने उल्लेख गर्दै उनले यस्ता विषयमा नेपाली कांग्रेस स्पष्ट र दृढ रूपमा उभिने बताए । उनले हालै सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबाटै सरकारका केही गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराइएको जानकारी दिए ।

भदौ २४ गतेको घटनाको निष्पक्ष,स्वतन्त्र र न्यायिक छानबिनका लागि तत्काल आयोग गठन गर्न सरकारसँग औपचारिक माग गरिएको उनले बताए । ‘त्यो घटनामा के भयो,कसरी भयो भन्ने सत्य सार्वजनिक हुनुपर्छ । त्यसका लागि न्यायिक छानबिन आयोग अपरिहार्य छ,’उनले भने ।



राज्यको अधिकार र जिम्मेवारीका बारेमा बोल्दै थापाले प्रत्येक नेपाली नागरिकमाथि अनुसन्धान गर्ने अधिकार राज्यसँग रहेको बताए । तर,अनुसन्धानका नाममा कानुन उल्लंघन गर्न नहुने उनको स्पष्ट धारणा छ । ‘कानुनभन्दा माथि कोही हुँदैन । राज्यका निकायहरूले नै विधि मिच्ने हो भने त्यसले प्रजातन्त्रलाई कमजोर बनाउँछ,’उनले जोड दिए ।

कांग्रेसको राजनीतिक भूमिका बारेमा स्पष्ट पार्दै उनले संघीय संसदमा प्रतिपक्षमा रहे पनि सातै प्रदेशमध्ये अधिकांशमा सरकारमा सहभागी रहेको सन्दर्भ उल्लेख गरे । उनले भने,‘सरकारका राम्रा काममा हाम्रो समर्थन रहन्छ भनेर केन्द्रीय कार्यसमितिबाटै निर्णय गरेका छौँ । तर,जनहितका विषयमा सरकार चुक्छ भने हामी तथ्यका आधारमा प्रश्न उठाउँछौँ र आवश्यक परे विकल्पसहित सुझाव पनि दिन्छौँ ।’

प्रमुख प्रतिपक्षीको भूमिका प्रभावकारी नभएको भन्ने आलोचनाबारे प्रतिक्रिया दिँदै उनले कांग्रेस अराजक वा चर्को शैलीमा नभएर जिम्मेवार ढंगले प्रस्तुत भइरहेको बताए । ‘हामी चर्को भाषामा होइन,प्रमाण र तथ्यका आधारमा बोल्छौँ । त्यसैले कतिपयलाई हाम्रो आवाज कम सुनिएको जस्तो लाग्न सक्छ । तर,जहाँ आवश्यक छ,त्यहाँ हामी स्पष्ट रूपमा उभिएका छौँ,’उनले भने ।

गृहमन्त्री सुधन गुरुङसम्बन्धी विवादका बारेमा प्रश्न गर्दा थापाले पार्टीले यसअघि नै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको भन्दै थप टिप्पणी गर्न चाहेनन् । ‘पार्टीले जे भन्नुपर्ने हो, भनिसकेको छ,’उनले संक्षिप्त प्रतिक्रिया दिए । पार्टी एकता र आन्तरिक सुदृढीकरणका बारेमा उनले नेपाली कांग्रेसलाई अझ बलियो,संगठित र प्रभावकारी बनाउन सबै नेताहरूसँग निरन्तर संवाद र छलफल भइरहेको जानकारी दिए ।

आगामी १५ औं महाधिवेशनसम्म पार्टीलाई एकढिक्का बनाएर लैजाने आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै उनले सबै पक्षलाई साथ लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले केपी ओलीको ठाउँमा अर्को मान्छे राख्दैमा पार्टीभित्रका सबै समस्या समाधान नहुने बताएका छन्। प्रेस चौतारी नवलपुर शाखाले बुधबार कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता ज्ञवालीले भने, ‘एउटा मान्छे बसिरहेको कुर्सीमा अर्को मान्छे ल्याएर राख्दैमा मात्र समस्या समाधान हुँदैन । पार्टीभित्र गम्भीर समीक्षा आवश्यक छ ।’ उनले एमालेको नेतृत्व ...
: नवलपरासीको सुनवलमा मेयर विमला अर्याल र शिक्षा शाखा प्रमुख विष्णुप्रसाद गोतामेबीचको विवादले नगर क्षेत्रका शिक्षकहरु अन्यौलमा परेका छन् । शिक्षक काज सरुवाको विषयमा दुई जनाले छुट्टाछुट्टै पत्र जारी गर्दै एक अर्काको निर्देशन नमाने कारबाही गर्ने चेतावनी दिएपछि शिक्षकहरु कसको आदेश मान्ने भनेर अन्यौलमा परेका हुन् । शिक्षा शाखा प्रमुख गोतामेले ‘काज फिर्ता सम्बन्ध’ को ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक चुनौतीहरूलाई पार लगाउन पार्टीभित्र एकता अपरिहार्य रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा सन्देश पठाउँदै उनले यस्तो बताएका हुन् । अस्वस्थताका कारण घरमै आराम गरिरहेका ओलीले आजको कार्यक्रमका लागि सन्देश पठाएका हुन् । उनको सन्देश पार्टी उपाध्यक्ष रामबहादुर थापा ...
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधव नेपालले सिङ्गो देशको राजनीति अहिले अन्योलतामा अगाडि बढिरहेको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कम्युनिष्ट पार्टीको ७७ औ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका सहसंयोजक नेपालले कम्युनिष्ट पार्टीहरुले आ–आफ्नो पार्टीको समीक्षा गर्न आवश्यक रहेको बताए । उनले आफूहरुले हेर्दाहेर्दै कम्युनिष्ट आन्दोलन ओरालो लागेको समेत ...
: नेकपा एमालेको पार्टी स्थापना दिवस कार्यक्रममा अध्यक्ष ओली नआउने भएका छन्। नेकपा स्थापना भएको ७७ औँ वर्षगाँठको अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सम्बोध गर्ने कार्यक्रम थियो। तर,अस्वस्थका कारण कार्यक्रममा आउन नसकेको ओली सचिवालयले जनाएको छ। अध्यक्ष ओलीलाई चैत १४ गते सरकारले गिरफ्तार गरी चैत २६ गते रिहा गरेको थियो। उनी पित्तथैलीको पत्थरीयाको ...