मुख्य समाचार
ठूलो परिमाणमा लागुऔषधसहित एक भारतीय युवकलाई पक्राउ
ठूलो परिमाणमा लागुऔषधसहित एक भारतीय युवकलाई पक्राउ

: वीरगन्जको एक होटल (लज) मा प्रहरीले छापा मारेर ठूलो परिमाणमा लागुऔषधसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । भारतको बिहार राज्यको भेलाही घर भएका २० वर्षीय सागर कुमार पटेल पक्राउ परेका हुन् ।

वीरगन्ज- ८ लिंकरोडमा रहेको समर होटल एण्ड लजमा लागुऔषध ओसार पसार गर्ने शंकास्पद व्यक्ति बसेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । त्यसपछि खटिएको प्रहरी टोलीले उक्त लजको १०५ नम्बर कोठामा पुगेर खानतलासी गर्दा त्यहाँ रहेका पटेलको साथबाट प्रतिबन्धित ट्रामाडोल ट्याब्लेट ३० हजार पिस (३ हजार पत्ता)बरामद भएको हो ।

लागुऔषधसहित पक्राउ परेका पटेललाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले केपी ओलीको ठाउँमा अर्को मान्छे राख्दैमा पार्टीभित्रका सबै समस्या समाधान नहुने बताएका छन्। प्रेस चौतारी नवलपुर शाखाले बुधबार कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता ज्ञवालीले भने, ‘एउटा मान्छे बसिरहेको कुर्सीमा अर्को मान्छे ल्याएर राख्दैमा मात्र समस्या समाधान हुँदैन । पार्टीभित्र गम्भीर समीक्षा आवश्यक छ ।’ उनले एमालेको नेतृत्व ...
: नवलपरासीको सुनवलमा मेयर विमला अर्याल र शिक्षा शाखा प्रमुख विष्णुप्रसाद गोतामेबीचको विवादले नगर क्षेत्रका शिक्षकहरु अन्यौलमा परेका छन् । शिक्षक काज सरुवाको विषयमा दुई जनाले छुट्टाछुट्टै पत्र जारी गर्दै एक अर्काको निर्देशन नमाने कारबाही गर्ने चेतावनी दिएपछि शिक्षकहरु कसको आदेश मान्ने भनेर अन्यौलमा परेका हुन् । शिक्षा शाखा प्रमुख गोतामेले ‘काज फिर्ता सम्बन्ध’ को ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक चुनौतीहरूलाई पार लगाउन पार्टीभित्र एकता अपरिहार्य रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा सन्देश पठाउँदै उनले यस्तो बताएका हुन् । अस्वस्थताका कारण घरमै आराम गरिरहेका ओलीले आजको कार्यक्रमका लागि सन्देश पठाएका हुन् । उनको सन्देश पार्टी उपाध्यक्ष रामबहादुर थापा ...
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधव नेपालले सिङ्गो देशको राजनीति अहिले अन्योलतामा अगाडि बढिरहेको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कम्युनिष्ट पार्टीको ७७ औ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका सहसंयोजक नेपालले कम्युनिष्ट पार्टीहरुले आ–आफ्नो पार्टीको समीक्षा गर्न आवश्यक रहेको बताए । उनले आफूहरुले हेर्दाहेर्दै कम्युनिष्ट आन्दोलन ओरालो लागेको समेत ...
: नेकपा एमालेको पार्टी स्थापना दिवस कार्यक्रममा अध्यक्ष ओली नआउने भएका छन्। नेकपा स्थापना भएको ७७ औँ वर्षगाँठको अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सम्बोध गर्ने कार्यक्रम थियो। तर,अस्वस्थका कारण कार्यक्रममा आउन नसकेको ओली सचिवालयले जनाएको छ। अध्यक्ष ओलीलाई चैत १४ गते सरकारले गिरफ्तार गरी चैत २६ गते रिहा गरेको थियो। उनी पित्तथैलीको पत्थरीयाको ...