मुख्य समाचार
युक्रेनमाथि रुसले रातभरि गरेको भीषण आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु
युक्रेनमाथि रुसले रातभरि गरेको भीषण आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु

: युक्रेनमाथि रुसले रातभरि गरेको भीषण आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको छ। मध्य युक्रेनको निप्रो सहरमा ५ जनाको ज्यान गएको पुष्टि भएको छ। त्यहाँको एउटा अपार्टमेन्टमा प्रहार भएको अधिकारीहरूले जनाएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले उक्त आक्रमण करिब रातभरि नै जारी रहेको बताएका छन्। शनिबार बिहानसम्म पनि उद्धारकर्मीहरू निप्रोमा भग्नावशेष मुनि जीवित मानिसको खोजीमा खटिरहेका थिए।

आक्रमणको क्रममा रूसी ड्रोन सीमातर्फ आउँदै गर्दा रोमानियामा तैनाथ बेलायती लडाकु विमानहरू पनि सतर्कताका लागि उडाइएको थियो। तर, बेलायतको रक्षा मन्त्रालयले ती विमानले कुनै ड्रोन खसालेको भन्ने समाचारलाई अस्वीकार गरेको छ।


यसैबीच, युक्रेनले पनि रुसको भित्री भूभागमा लामो दूरीका ड्रोन आक्रमण गरेको जनाएको छ। रूसको एकाटेरिनबर्ग सहरमा एक भवनमा आक्रमण हुँदा ६ जना घाइते भएका छन् भने नजिकैको चेल्याबिन्स्कमा औद्योगिक केन्द्र लक्षित ड्रोनहरूलाई रोकिएको स्थानीय अधिकारीहरूले
बताएका छन्।

रुसी मिसाइल र ड्रोनहरूले उत्तरी सहर चेर्निहिभमा पनि आक्रमण गरेका छन्। आक्रमणमा परी दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। साथै ओडेसा र खार्किभ सहरहरू पनि निसानामा परेका छन्।

युक्रेनी अधिकारीहरूले रुसले पठाएका ६ सयभन्दा बढी ड्रोनमध्ये अधिकांशलाई निष्क्रिय बनाइएको दाबी गरेका छन्। जुन पछिल्ला दिनहरूमा सबैभन्दा ठूलो आक्रमणमध्ये एक मानिएको छ। राष्ट्रपति जेलेनेस्कीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘रूसको रणनीति परिवर्तन भएको छैन–ड्रोन, क्रुज मिसाइल र ब्यालिस्टिक हतियार प्रयोग गर्दै सहरका सामान्य संरचनालाई लक्षित गरिन्छ।’

रुसको रक्षा मन्त्रालयले भने १२ भन्दा बढी क्षेत्रहरूमा १२७ वटा ड्रोन खसालिएको दाबी गरेको छ। साथै, खार्किभ क्षेत्रमा पर्ने बोच्कोभे गाउँ आफ्नो नियन्त्रणमा आएको पनि दाबी गरेको छ। यद्यपि युक्रेनले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

रोमानियाले पनि आफ्नो सीमामा कुनै अज्ञात वस्तु खसेको घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। उसले बेलायती विमानहरूले कुनै ड्रोन नखसालेको स्पष्ट पारेको छ।

रुस–युक्रेनबीच शान्ति वार्ता ठप्प भइरहेका बेला युक्रेनले अन्तर्राष्ट्रिय समर्थन खोज्ने प्रयास जारी राखेको छ। शुक्रबार राष्ट्रपति जेलेनेस्कीले साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानसँग भेटवार्ता गरेका छन्। उक्त भेटमा हवाई प्रतिरक्षा सहकार्य र संयुक्त सैन्य उत्पादनबारे छलफल भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचन र त्यसको एक हप्तापछि हुने अमेरिकी मध्यअवधि चुनाव अघि इरानमाथि संयुक्त रूपमा नयाँ र ठूलो सैन्य कारबाही सुरु गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफल भएको खुलासा भएको छ। एक्सियोसले उच्चस्तरीय अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो । अधिकारीहरूका अनुसार, ...
। चिनियाँ औद्योगीकरणको अत्यधिक उत्पादन (ओवरक्यापासिटी) र तीव्र निर्यातले युरोपेली बजार र उद्योगमा पारेको सङ्कट रोक्न युरोपेली सङ्घले नयाँ रणनीति अघि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी कर बढाउने नीतिको सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप ) तोक्दै ‘चाइना शक २.०’ को सामना गर्ने बाटो रोजेको छ। यसै क्रममा युरोपेली सङ्घ र चीनबिच ...
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...