मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको एक विशेष रात्रिभोज कार्यक्रममा गोली चलेको छ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको एक विशेष रात्रिभोज कार्यक्रममा गोली चलेको छ

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको एक विशेष रात्रिभोज कार्यक्रममा गोली चलेको छ। शनिबार राति 'ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर' चलिरहेका बेला गोली चलेपछि ट्रम्पलाई सुरक्षाकर्मीले तुरुन्तै मञ्चबाट सुरक्षित बाहिर निकालेका छन्।

उक्त घटनामा राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति जेडी भेन्स र मन्त्रिपरिषद्का सदस्यहरू सबै सुरक्षित रहेको सीएनएनमा उल्लेख गरिएकाे छ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत 'आक्रमणकारी पक्राउ परेको' जानकारी दिँदै सुरक्षा निकायको शीघ्र र साहसी कारबाहीको प्रशंसा गरेका छन्। सुरक्षा निकायको आग्रहमा आफू ह्वाइट हाउस फर्कन लागेको र चाँडै पत्रकार सम्मेलनमार्फत थप जानकारी दिने ट्रम्पले बताएका छन्। अवरुद्ध भएको डिनर कार्यक्रम ३० दिनभित्र पुनः आयोजना गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचन र त्यसको एक हप्तापछि हुने अमेरिकी मध्यअवधि चुनाव अघि इरानमाथि संयुक्त रूपमा नयाँ र ठूलो सैन्य कारबाही सुरु गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफल भएको खुलासा भएको छ। एक्सियोसले उच्चस्तरीय अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो । अधिकारीहरूका अनुसार, ...
। चिनियाँ औद्योगीकरणको अत्यधिक उत्पादन (ओवरक्यापासिटी) र तीव्र निर्यातले युरोपेली बजार र उद्योगमा पारेको सङ्कट रोक्न युरोपेली सङ्घले नयाँ रणनीति अघि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी कर बढाउने नीतिको सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप ) तोक्दै ‘चाइना शक २.०’ को सामना गर्ने बाटो रोजेको छ। यसै क्रममा युरोपेली सङ्घ र चीनबिच ...
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...