मुख्य समाचार
अमेरिकाले फेरि आक्रमण गरे मध्यपूर्वको पूर्वाधार ध्वस्त पार्ने इरानी सांसदको चेतावनी
अमेरिकाले फेरि आक्रमण गरे मध्यपूर्वको पूर्वाधार ध्वस्त पार्ने इरानी सांसदको चेतावनी

: इरानी कट्टरपन्थी सांसद महमुद नबाभियानले मध्यपूर्वी देशहरूलाई कडा चेतावनी दिँदै यदि अमेरिकाले इरानमाथि पुनः आक्रमण गरेमा त्यसको जवाफ विनाशकारी हुने बताएका छन्।

सामाजिक सञ्जाल 'एक्स'मा लेख्दै नबाभियानले भनेका छन्, 'यस क्षेत्रमा भइरहेका गतिविधिहरूले दुष्ट अमेरिकी शासनको नयाँ मूर्खतातर्फ संकेत गरिरहेका छन्।'

उनले अगाडि चेतावनी दिएका छन्, 'क्षेत्रीय देशका नेताहरूले यो बुझ्नुपर्छ कि यस पटक इरानले कडा जवाफ दिनेछ। इरानले यस क्षेत्रको तेल उत्पादन पूर्ण रूपमा रोकिदिनेछ, सबै पूर्वाधारहरू नष्ट गरिदिनेछ र यी देशका मानिसहरूलाई विस्थापित शरणार्थी बन्न बाध्य पारिदिनेछ।'



नबाभियान एक प्रभावशाली कट्टरपन्थी सांसद हुन्, जो हालै इस्लामाबादमा भएको वार्ताको पहिलो चरणमा इरानी प्रतिनिधिमण्डलको सदस्य समेत थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामलाई अनिश्चितकालका लागि थप गरेका छन्। तर, अमेरिकी रक्षा सचिव पिट हेगसेथले शुक्रबार अमेरिका इरानका पूर्वाधारहरूमा आक्रमण गर्न 'पूर्ण रूपमा तयार र हतियारले सुसज्जित' रहेको बताएका थिए।

युद्ध सुरु भएदेखि नै इरानले खाडी देशहरूमा 'अमेरिकी उपस्थितिसँग जोडिएका' स्थानहरूलाई निशाना बनाउँदै आएको छ, जसलाई विदेशमन्त्री अब्बास अराघचीले रणनीतिक कदम बताएका छन्।

अमेरिकी नाकाबन्दीका कारण इरानमा ऊर्जा संकट चुलिएको छ। राष्ट्रपति मसुद पेजेस्कियानले जनतालाई बिजुलीको खपत कम गर्न आग्रह गरेका छन्।

राष्ट्रपति पेजेस्कियानले भनेका छन्, 'शत्रुले देशका पूर्वाधारहरू नष्ट गरिरहेका छन् र घेराबन्दी गरिरहेका छन् ताकि जनतामा असन्तुष्टि फैलियोस्। घरमा १० वटा बत्तीको सट्टा दुईवटा मात्र बाल्नुपर्छ, यसमा के गलत छ,।'

अमेरिकी नाकाबन्दीले इरानी बन्दरगाहहरू ठप्प पारेपछि देशको आन्तरिक आपूर्ति व्यवस्था र जनजीवन निकै कष्टकर बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचन र त्यसको एक हप्तापछि हुने अमेरिकी मध्यअवधि चुनाव अघि इरानमाथि संयुक्त रूपमा नयाँ र ठूलो सैन्य कारबाही सुरु गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफल भएको खुलासा भएको छ। एक्सियोसले उच्चस्तरीय अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो । अधिकारीहरूका अनुसार, ...
। चिनियाँ औद्योगीकरणको अत्यधिक उत्पादन (ओवरक्यापासिटी) र तीव्र निर्यातले युरोपेली बजार र उद्योगमा पारेको सङ्कट रोक्न युरोपेली सङ्घले नयाँ रणनीति अघि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी कर बढाउने नीतिको सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप ) तोक्दै ‘चाइना शक २.०’ को सामना गर्ने बाटो रोजेको छ। यसै क्रममा युरोपेली सङ्घ र चीनबिच ...
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...