मुख्य समाचार
पार्टीलाई एकताबद्ध बनाउन जरुरी
पार्टीलाई एकताबद्ध बनाउन जरुरी

: नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन जरुरी रहेको बताएका छन्।

कांग्रेस तनहुँको आज आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको एकता नै सबैभन्दा ठूलो शक्ति भएकाले एकताको विकल्प नभएको बताएका हुन्।

वर्तमान राजनीतिक परिवेशमा पार्टीलाई मजबुत बनाउन संगठन सुदृढीकरण आवश्यक रहेको औंल्याउँदै महामन्त्री पौडेलले सबै तहका नेता तथा कार्यकर्तालाई साझा उद्देश्यका साथ अघि बढ्न आग्रह गरे। पार्टीभित्र आपसी सहकार्य, समन्वय र विश्वास बलियो बनाउनसके कांग्रेसलाई अझ सशक्त बनाउन सकिने उनको भनाइ थियो।

महामन्त्री पौडेलले कांग्रेसले सुरु गरेको जरा अभियानले संगठनलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पाल्पा घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका-११ बस्ने ३० वर्षीय मिलन तिमल्सिना, काभ्रेको रोशी गाउँपालिका-११ घर भई बनेपा बस्ने २४ वर्षीया सिर्जना श्रेष्ठ, नवलपरासीको पूर्व घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने २६ वर्षीय अकिन बस्ताकोटी, ...
: स्थानीय परिकार पहिचान र प्रवर्द्धन गर्ने उदेश्यले नेपालगन्जमा ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिभल’ सुरु भएको छ। नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा होटल व्यवसायी संघ बाँके र होटल संघ नेपाल, बाँकेको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको फेस्टिभल आइतबारसम्म सञ्‍चालन रहनेछ। सुर्खेत रोडस्थित सुशील कोइराला स्मृति गेटदेखि पश्चिम वाटरपार्क क्षेत्रसम्म महोत्सव सञ्चालन भइरहेको छ। यस महोत्सवले नेपालगन्ज ...
: सरकारले समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्रिपरिषदको बैठकले उक्त कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको हो। यी हुन् निर्णयहरू Integrated Water Supply and Sewerage Management (Sector) Project का लागि एसियाली विकास बैंकबाट प्राप्त हुने अमेरिकी डलर ११५ मिलियन सहुलियतपूर्ण ऋण ...
: नेपाली कांग्रेसले सुकुम्बासी समस्याको समाधान बल प्रयोगभन्दा पनि न्यायपूर्ण, कानुनी र मानवीय दृष्टिकोणबाट गर्न सरकारसँग माग गरेको छ। शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन बैठकले सुकुम्बासी समस्या एक दल वा समूहको मात्र नभई समग्र राष्ट्रकै साझा समस्या भएको उल्लेख गर्दै यसको दीर्घकालीन समाधान विधिको शासनको पूर्ण पालना गर्दै खोजिनुपर्ने जनाएको छ। कांग्रेसका अनुसार सुकुम्बासी समस्याको समाधानप्रति ...
: प्रतिकूल मौसमका कारण जिल्लाका विभिन्न स्थानमा अत्यधिक वर्षा भइरहेका कारण बीपी राजमार्गमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सुनील धाजूका अनुसार मौसममा सुधार आई सडकमार्ग सुरक्षित बनेपछि मात्र पुनः सवारी सञ्चालन गरिनेछ। सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले अर्को सूचना जारी गरी ...