मुख्य समाचार
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी

इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ।

सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ।

अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा दुई देशहरूबीच तनावको स्रोत बनेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
: इरानी कट्टरपन्थी सांसद महमुद नबाभियानले मध्यपूर्वी देशहरूलाई कडा चेतावनी दिँदै यदि अमेरिकाले इरानमाथि पुनः आक्रमण गरेमा त्यसको जवाफ विनाशकारी हुने बताएका छन्। सामाजिक सञ्जाल 'एक्स'मा लेख्दै नबाभियानले भनेका छन्, 'यस क्षेत्रमा भइरहेका गतिविधिहरूले दुष्ट अमेरिकी शासनको नयाँ मूर्खतातर्फ संकेत गरिरहेका छन्।' उनले अगाडि चेतावनी दिएका छन्, 'क्षेत्रीय देशका नेताहरूले यो बुझ्नुपर्छ कि यस पटक इरानले कडा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको एक विशेष रात्रिभोज कार्यक्रममा गोली चलेको छ। शनिबार राति 'ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर' चलिरहेका बेला गोली चलेपछि ट्रम्पलाई सुरक्षाकर्मीले तुरुन्तै मञ्चबाट सुरक्षित बाहिर निकालेका छन्। उक्त घटनामा राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति जेडी भेन्स र मन्त्रिपरिषद्का सदस्यहरू सबै सुरक्षित रहेको सीएनएनमा उल्लेख गरिएकाे छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत 'आक्रमणकारी पक्राउ परेको' जानकारी ...
: युक्रेनमाथि रुसले रातभरि गरेको भीषण आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको छ। मध्य युक्रेनको निप्रो सहरमा ५ जनाको ज्यान गएको पुष्टि भएको छ। त्यहाँको एउटा अपार्टमेन्टमा प्रहार भएको अधिकारीहरूले जनाएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले उक्त आक्रमण करिब रातभरि नै जारी रहेको बताएका छन्। शनिबार बिहानसम्म पनि उद्धारकर्मीहरू निप्रोमा भग्नावशेष मुनि जीवित मानिसको खोजीमा खटिरहेका ...