: प्रतिकूल मौसमका कारण जिल्लाका विभिन्न स्थानमा अत्यधिक वर्षा भइरहेका कारण बीपी राजमार्गमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सुनील धाजूका अनुसार मौसममा सुधार आई सडकमार्ग सुरक्षित बनेपछि मात्र पुनः सवारी सञ्चालन गरिनेछ। सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले अर्को सूचना जारी गरी जानकारी दिने बताइएको छ।
प्रहरीले यात्रु तथा सवारी चालकहरूलाई अत्यावश्यक बाहेक यात्रा नगर्न तथा यात्रा गर्नु परेमा १०० वा १०३ नम्बरमा सम्पर्क गरी पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ।
राजमार्ग बन्द भएसँगै पूर्वबाट काठमाडौंतर्फ आउने सवारी साधनलाई खुरकोट क्षेत्रमा रोकिन लगाइएको छ भने काठमाडौंबाट पूर्वतर्फ जाने सवारी साधनलाई धुलिखेलमा होल्ड गरिएको ट्राफिक प्रहरीले जनाएको छ।