मुख्य समाचार
इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता
इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता

: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्।

उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए।

इरानी सरकारी ब्रोडकास्टरले टेलिग्राममार्फत विदेशमन्त्री अराघचीको पाकिस्तानमा अमेरिकी प्रतिनिधिहरूसँग भेट्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ। ब्रोडकास्टरका अनुसार, पाकिस्तानले एक 'पुलको भूमिका निर्वाह गर्न सक्छ र 'द्वन्द्व अन्त्यका लागि इरानका विचारहरू अगाडि बढाउनू मद्दत गर्न सक्छ।



यसअघि ह्वाइट हाउसले आफ्ना विशेष दूत स्टिभ विटकफ र जेरेड कुश्नरलाई इस्लामावाद पठाउन लागेको बताएको थियो। इरानले 'आमने-सामने' कुराकानी गर्न चाहेकाले उनीहरूलाई पठाउन लागिएको दाबी गरिएको थियो।

पाकिस्तानी अधिकारीहरू र इरानी दूतावासका अनुसार इरानी दूतावासले यो भ्रमण इरान र पाकिस्तानबीचको 'द्विपक्षीय मामिलाहरूको समीक्षा'का लागि भएको बताएको छ। एबीसी न्यूजले पाकिस्तान सरकारका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार, अमेरिकी र इरानी प्रतिनिधिमण्डलले यस सप्ताहान्तमा पाकिस्तानी अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।

यदि यी छुट्टाछुट्टै भेटवार्ताहरू सकारात्मक रहेमा, आइतबार अमेरिकी र इरानी अधिकारीहरूबीच प्रत्यक्ष भेटवार्ता हुन सक्ने रिपोर्टमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचन र त्यसको एक हप्तापछि हुने अमेरिकी मध्यअवधि चुनाव अघि इरानमाथि संयुक्त रूपमा नयाँ र ठूलो सैन्य कारबाही सुरु गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफल भएको खुलासा भएको छ। एक्सियोसले उच्चस्तरीय अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो । अधिकारीहरूका अनुसार, ...
। चिनियाँ औद्योगीकरणको अत्यधिक उत्पादन (ओवरक्यापासिटी) र तीव्र निर्यातले युरोपेली बजार र उद्योगमा पारेको सङ्कट रोक्न युरोपेली सङ्घले नयाँ रणनीति अघि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी कर बढाउने नीतिको सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप ) तोक्दै ‘चाइना शक २.०’ को सामना गर्ने बाटो रोजेको छ। यसै क्रममा युरोपेली सङ्घ र चीनबिच ...
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...