मुख्य समाचार
प्रहरी अस्पताल सञ्चालन
प्रहरी अस्पताल सञ्चालन

पोखरामा गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवन आइतबारदेखि सञ्चालनमा आएको छ।

१५ शय्याको उक्त अस्पताल भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो। २ वर्षअघि नै सम्पन्न हुनुपर्ने उक्त अस्पताल भवन रकम अभावका कारण अलपत्र परेपछि गण्डकी प्रदेश सरकारले यसपटक करिब ६ करोड रुपैया बजेट सुनिष्चित गरेर निर्माणको काम सम्पन्न भएको हो।

नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले आधुनिक अस्पताल भवनबाट बहालवाला प्रहरी एवं पूर्व प्रहरीहरूका परिवारले सहज रूपमा स्वास्थ्य उपचार सेवा प्राप्त गर्ने बताए।



पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उक्त अस्पतालबाट प्रहरीका सबै तह र पूर्व प्रहरीका परिवारले समेत उपचारमा सहज हुने हुँदा यस अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुनेमा आफू विश्वस्त रहेको बताए।

अस्पताल उद्घाटनका अवसरमा गण्डकी प्रदेश प्रहरी प्रमुख दिपेन्द्र जिसीले अबका दिनमा प्रहरी सेवामा लागेका सबैलाई भरपर्दो स्वास्थ्य सेवा उपलब्ध हुने धारणा राखे। कार्यक्रममा उत्कृष्ट काम गर्ने प्रहरी र निर्माण कम्पनीका प्राविधिकलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट एक सय तीन जनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाका अनुसार, शनिबार बेलुका ७ देखि ९ बजेसम्म जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत समेतमा विशेष स्वीप अप्रेसन सञ्चालन गरिएको थियो । जसअन्तर्गत विभिन्न स्थानमा चेकजाँचको क्रममा नियन्त्रणमा लिइएका एक सय तीन जनाले शान्ति सुरक्षामा खलल ...
: स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले स्थायी बसोबासका लागि कानुनी कागजात बनाउन थप झण्झट व्यहोर्नु पर्ने भएको छ । काठमाडौंस्थित स्पेनको मानार्थ वाणिज्य दूतावासले युरोपेली संघ तथा परराष्ट्र मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार नेपालीहरुको कागजातहरुमा रहेका हस्ताक्षरहरुलाई कानुनीकरण (लिगलाइनजेसन) गर्ने अधिकार र जिम्मेवारी तत्कालका लागि खारेज गरेको छ । मानार्थ वाणिज्य दूतावासले अब उक्त काम भारतको ...
: धादिङको गजुरी गाउँपालिका–६ स्थित आदमघाट नजिक काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको इभी माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बाग्मती प्रदेश ००६ख ७२२१ नम्बरको माइक्रोबस तीव्र गतिका कारण नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक जानकारी धादिङ प्रहरीले दिएको छ । दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाइएको छ । घाइतेहरूको ...
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पाल्पा घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका-११ बस्ने ३० वर्षीय मिलन तिमल्सिना, काभ्रेको रोशी गाउँपालिका-११ घर भई बनेपा बस्ने २४ वर्षीया सिर्जना श्रेष्ठ, नवलपरासीको पूर्व घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने २६ वर्षीय अकिन बस्ताकोटी, ...
: स्थानीय परिकार पहिचान र प्रवर्द्धन गर्ने उदेश्यले नेपालगन्जमा ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिभल’ सुरु भएको छ। नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा होटल व्यवसायी संघ बाँके र होटल संघ नेपाल, बाँकेको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको फेस्टिभल आइतबारसम्म सञ्‍चालन रहनेछ। सुर्खेत रोडस्थित सुशील कोइराला स्मृति गेटदेखि पश्चिम वाटरपार्क क्षेत्रसम्म महोत्सव सञ्चालन भइरहेको छ। यस महोत्सवले नेपालगन्ज ...