। चेल्सी इंग्लिस एफए कप फुटबलको फाइनलमा पुगेको छ । आइतबार बेलुका सम्पन्न सेमिफाइनलमा लिड्स युनाइटेडलाई हराउँदै चेल्सी फाइनल पुगेको हो ।
वेम्ब्ली स्टेडियममा भएको खेलमा चेल्सीले लिड्सलाई १–० ले पराजित गर्यो । खेलको २३औं मिनेटमा एनजो फर्नान्डेजले गरेको गोल नै चेल्सीको जितमा निर्णायक बन्यो ।
अब चेल्सीले उपाधिका लागि म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।
सिटीले शनिबार राति साउथह्याम्पटलाई पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।