मुख्य समाचार
धरानबाट अनलाइन जुवा खेल्ने तथा खेलाउने १० जनालाई प्रहरीले पक्राउ
धरानबाट अनलाइन जुवा खेल्ने तथा खेलाउने १० जनालाई प्रहरीले पक्राउ

: धरानबाट अनलाइन जुवा खेल्ने तथा खेलाउने १० जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार आइतबार राति करिब १०:३० बजे धरान उपमहानगरपालिका–१३ स्थित लक्ष्मी सडकको मण्डला क्याफेमा अनलाइन जुवा (1Xbet) सञ्चालन भइरहेको जानकारी पाएपछि प्रहरी टोलीले छापा मारेको हो। सो क्रममा जुवा खेल्दै तथा खेलाउँदै गरेका १० जनालाई नियन्त्रणमा लिइएको धरानका डीएसपी भीषणबाबु राईले जानकारी दिए।

पक्राउ पर्नेहरूमा धरान–१३ का ४६ वर्षीय हेमन राई, २७ वर्षीय योगेश लिम्बु, २९ वर्षीय मिलन लिम्बु, ३१ वर्षीय सुशान्त घिमिरे, ४२ वर्षीय कुमार तामाङ, ४० वर्षीय विवेक थापा, ३३ वर्षीय सुजित साह, धरान–१६ का ४१ वर्षीय अशोक लिम्बु र धरान–१५ का ३५ वर्षीय भवानी दाहाल रहेका छन्।

प्रहरीले घटनास्थलबाट विभिन्न कम्पनीका १५ थान मोबाइल बरामद गरेको जनाएको छ। पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको डीएसपी राईले बताए। उनले राईले अनलाइन जुवाजस्ता अवैध गतिविधि नियन्त्रणका लागि निगरानी अझ कडा पारिएको बताए।

यसैबीच सुनसरीका प्रहरी प्रमुख एसपी केशव कुमार थेबेले जिल्लाभर अवैध गतिविधि, गुण्डागर्दी, लागुऔषध कारोबार तथा चोरी–तस्करी नियन्त्रणका लागि २४ घण्टे स्विप अप्रेसन सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार पछिल्लो पाँच दिनमै ३०० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाइएको छ। प्रहरीले यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई सचेत गराउँदै नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाइने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले १० किलोभन्दा कम तौलमा बेकरी सर्टेनिङ बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उद्योगहरूले १० केजीभन्दा कम तौलको प्याकमा बेकरी सर्टेनिङ उत्पादन, प्याकेजिङ तथा बिक्री वितरण गर्न रोक लगाउने निर्णय गरेको हो। बजारमा बिक्री वितरणमा रहेको १० केजीभन्दा कम तौलको बेकरी सर्टेनिङ १५ दिनभित्र ...
: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रमहरू अब कार्यालयभित्रकै सभा हल तथा बैठक कक्षमा मात्रै गर्नुपर्ने भएको छ। मन्त्रालयको योजना अनुगमन तथा मूल्याकंन महाशाखाले आज सबै महाशाखा, आयोग, प्राधिकरण, विभाग तथा कार्यालयहरूलाई परिपत्र गर्दै सरकारी खर्चलाई मितव्ययी र उपलब्धिमूलक बनाउन यस्तो निर्देशन दिएको हो। महाशाखाका अनुसार अब कुनै पनि कार्यालयले ...
: कोरियन भाषा परीक्षामा कृषि तथा पशुपालनतर्फको नतिजा सार्वजनिक भएको छ। सन् २०२५ को कृषि तथा पशुपालन क्षेत्र तर्फको दोस्रो चरणको सीप परीक्षण (स्किल टेस्ट) को नतिजा आज प्रकाशन भएको हो। कृषि तथा पशुपालन क्षेत्र तर्फको सीप परीक्षणमा सहभागी २ हजार १६ जना परीक्षार्थीमध्ये १ हजार ८०८ उत्तीर्ण भएका हुन्। भाषा परीक्षा उत्तीर्ण गरेका ...
: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदसहितको क्षेत्रमा चीन सरकारको सहयोग र सहकार्यबारे कुराकानी भएको पोखरेलको सचिवालयले जनाएको छ। उनीहरुबीच विद्यालयको पूर्वाधार, पठनपाठनमा डिजिटल प्रणाली लगायत संस्थागत विकास, नेपाल–चीनबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, ...
: सर्वोच्च अदालतले उच्चपदस्थ विशिष्ट व्यक्तिहरूलाई विदेशमा उपचार गर्न सरकारी खर्च दिने व्यवस्था गैरकानुनी ठहर गर्दै खारेज गरेको छ। अधिवक्ता राधिका चम्लागाईं, भद्र (स्वागत) नेपाल दायर गरेको रिट निवेदनमा सर्वोच्चले आंशिक रिट जारी हुने फैसला गरेको हो। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, डा. मनोजकुमार शर्मा, शारंगा सुवेदी र अव्दुल अजीज मुसलमानसहितको संवैधानिक ...