मुख्य समाचार
गाजातर्फ राहत सामग्री लिएर जाँदै गरेको ग्लोबल सुमूद फ्लोटिला (जीएसएफ) का २२ वटा डुङ्गाहरूलाई इजरायली सेनाले ग्रीसको क्रेट टापु नजिकै अन्तर्राष्ट्रिय जलक्षेत्रमा रोकेर नियन्त्रणमा
गाजातर्फ राहत सामग्री लिएर जाँदै गरेको ग्लोबल सुमूद फ्लोटिला (जीएसएफ) का २२ वटा डुङ्गाहरूलाई इजरायली सेनाले ग्रीसको क्रेट टापु नजिकै अन्तर्राष्ट्रिय जलक्षेत्रमा रोकेर नियन्त्रणमा

: गाजातर्फ राहत सामग्री लिएर जाँदै गरेको ग्लोबल सुमूद फ्लोटिला (जीएसएफ) का २२ वटा डुङ्गाहरूलाई इजरायली सेनाले ग्रीसको क्रेट टापु नजिकै अन्तर्राष्ट्रिय जलक्षेत्रमा रोकेर नियन्त्रणमा लिएको छ।

प्यालेस्टाइन समर्थक अभियन्ताहरूले इजरायली सेनाको यस कदमलाई डकैतीको संज्ञा दिएका छन्। आयोजकहरूका अनुसार गाजाबाट ९६५ किलोमिटरभन्दा बढीको दूरीमा रहेका मानिसहरूलाई इजरायलले गैरकानूनी रूपमा हिरासतमा लिएको हो। गाजामा इजरायलले लामो समयदेखि समुद्री नाकाबन्दी गर्दै आएको छ।

इजरायली विदेश मन्त्रालयले उक्त अभियानलाई पीआर स्टन्ट (प्रचारवाजी)को संज्ञा दिँदै करिब १७५ जना अभियन्ताहरूलाई हिरासतमा लिएको पुष्टि गरेको छ। इजरायली विदेशमन्त्री गिडियन सारले हिरासतमा लिइएका व्यक्तिहरूलाई बिहीबार ढिलो गरी 'ग्रीसको एउटा समुद्री तटमा उतारिने' जानकारी दिएका छन्।



जीएसएफका अनुसार, यस फ्लोटिलामा रहेका बाँकी ३६ डुङ्गाहरूमध्ये अधिकांश अहिले क्रेटको दक्षिणी तट नजिकै रहेका छन्। यो अभियान दुई हप्ताअघि स्पेन, फ्रान्स र इटालीबाट सुरु भएको थियो, जसमा कुल ५८ जहाजहरू सहभागी थिए। यसको मुख्य उद्देश्य गाजामा इजरायलले लगाएको नाकाबन्दी तोड्नु र राहत पुर्‍याउनु रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचन र त्यसको एक हप्तापछि हुने अमेरिकी मध्यअवधि चुनाव अघि इरानमाथि संयुक्त रूपमा नयाँ र ठूलो सैन्य कारबाही सुरु गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफल भएको खुलासा भएको छ। एक्सियोसले उच्चस्तरीय अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो । अधिकारीहरूका अनुसार, ...
। चिनियाँ औद्योगीकरणको अत्यधिक उत्पादन (ओवरक्यापासिटी) र तीव्र निर्यातले युरोपेली बजार र उद्योगमा पारेको सङ्कट रोक्न युरोपेली सङ्घले नयाँ रणनीति अघि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी कर बढाउने नीतिको सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप ) तोक्दै ‘चाइना शक २.०’ को सामना गर्ने बाटो रोजेको छ। यसै क्रममा युरोपेली सङ्घ र चीनबिच ...
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...