मुख्य समाचार
वन क्षेत्रलाई परिणाममुखी, प्रभावकारी र सुशासनयुक्त बनाउन आवश्यक कानूनी तथा नीतिगत आधार सरकारले तत्काल तयार गर्नुपर्ने माग
वन क्षेत्रलाई परिणाममुखी, प्रभावकारी र सुशासनयुक्त बनाउन आवश्यक कानूनी तथा नीतिगत आधार सरकारले तत्काल तयार गर्नुपर्ने माग

: वन क्षेत्रलाई परिणाममुखी, प्रभावकारी र सुशासनयुक्त बनाउन आवश्यक कानूनी तथा नीतिगत आधार सरकारले तत्काल तयार गर्नुपर्ने माग वन प्राविधिकहरूले गरेका छन् । नेपाल वन प्राविधिक संघ लुम्बिनीद्वारा आयोजित लुम्बिनी सन्देश पत्रिका विमोचन समारोहमा प्रदेशभरका वन प्राविधिकहरूले वन व्यवस्थापन सुधारका लागि कानूनी आधार अभाव मुख्य चुनौती बनेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल वन प्राविधिक संघ लुम्बिनीका अध्यक्ष केशव खड्काले वन क्षेत्रबाट नतिजा खोज्ने हो भने काम गर्ने वातावरणसँगै बलियो कानूनी संरचना आवश्यक रहेको बताए । काठ–दाउरा लिलाम बिक्रीमा ई–टेन्डरसम्बन्धी कार्यविधि, खडा रुख लिलामसम्बन्धी कानून, निजी वनमा रहेका साल प्रजातिको कटानलगायतका नीतिगत विषय प्रदेश सरकारमै अल्झिएको भन्दै उनले असन्तुष्टि जनाए ।

‘वन प्राविधिकहरू परिणाम दिन तयार छन्, तर त्यसका लागि कानूनी आधार र स्पष्ट नीतिगत मार्गदर्शन चाहिन्छ’, खड्काले भने, ‘सरकारले समयअनुकूल कानून र कार्यविधि नबनाउँदा वन व्यवस्थापनमा अपेक्षित सुधार आउन सकेको छैन ।’ प्राविधिकहरूले वन प्रशासनलाई आधुनिक, पारदर्शी र नतिजामुखी बनाउन डिजिटल प्रणाली, अनलाइन टेन्डर र व्यवस्थापन सुधारका विषय तत्काल कार्यान्वयनमा लैजान माग गरेका छन् । उनीहरूका अनुसार नीतिगत ढिलासुस्तीले वन क्षेत्रको सम्भावना उपयोग हुन सकेको छैन ।



बर्दियाका वन कार्यालय प्रमुख विजय सुबेदीले वन व्यवस्थापनलाई प्रभावकारी बनाउन फिल्ड तहमा प्रयास भइरहे पनि आवश्यक कानूनी र नीतिगत निर्णय नहुँदा कार्यसम्पादन प्रभावित भएको बताए । ‘हामी परिणाम देखाउन चाहन्छौं, तर त्यसका लागि कानूनी टेको आवश्यक छ’, उनले भने ।
वन महानिर्देशक ईश्वरी पौडेलले वन प्रशासन सुधारका लागि कानूनी आधार मजबुत हुनुपर्नेमा जोड दिँदै सरकारबाट आवश्यक नीतिगत निर्णय समयमै हुनुपर्ने बताए । वन क्षेत्रको नतिजा र सुशासन कानूनी सुधारसँगै जोडिएको उनको भनाइ थियो ।

वन सचिव प्रमोद भट्टराईले कतिपय नीतिगत विषय अन्तर मन्त्रालयहरुमा अल्झिने गरेको भन्दै बिषयको गम्भिरता सैले बुझ्नुपर्ने बताए । वन मन्त्रीले पनि मन्त्रालयले अघि बढाएका कानूनहरू रोकिनु स्वाभाविक नभएको उल्लेख गर्दै आवश्यक सुधारका कामलाई गति दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सहभागी वन प्राविधिकहरूले वन क्षेत्रको नतिजा खोज्न सरकार समय सुहाउने कानूनी आधार निर्माण, कार्यान्वयन सहजीकरण र सुधारमै अग्रसर हुनुपर्ने धारणा राखेका छन् । उनीहरूको निष्कर्ष थियो, ‘बलियो कानून बिना बलियो वन प्रशासन सम्भव छैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले नवीकरण र नयाँ क्रियाशील दर्ता गर्नका लागि एक हप्ताको समय दिएको छ। नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको बैठकले नवीकरण शुल्क र नयाँ क्रियाशील सदस्यता शुल्कसहित केन्द्रीय कार्यालयको सिस्टममा इन्ट्री नभएका जिल्ला र क्षेत्रको हकमा एक साताको समय दिने निर्णय गरेको हो। बैठकले १५ ...
अखिल नेपाल सुकुमबासी संघले विना विकल्प उठिबास लगाउने कार्य बन्द गर्नुपर्ने भन्दै आन्दोलनको घोषणा
: प्रमुख विपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँग नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले भेटवार्ता गरेका छन् । त्यस क्रममा राजदूत बासले दलको नेता चयन भएकोमा आङ्देम्बेलाई बधाई तथा शुभकामना दिएका थिए । आङ्देम्बेले पनि राजदूत बासलाई धन्यवाद ज्ञापन गरेका छन् । नेता आङ्देम्बे र राजदूत बासबीच नेपाल–इजरायल द्विपक्षीय आपसी ...
: संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले वर्तमान सरकारले मजदुर श्रमिकको अधिकार खोस्ने तयारी गरिरहेको भन्दै आम मजदुर वर्गलाई सतर्क रहन आह्वान गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेटियुसिसीले मजदुर श्रमिकको अधिकार खोसिए कडा प्रतिवादमा उत्रने समेत चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा जेटियुसिसीका अध्यक्ष विनोद श्रेष्ठले सार्वजनिक ...
: सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लिला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा नेपाल–संयुक्त राष्ट्रसंघ सहकार्य, युवा सहभागिता, शिक्षा, लैंगिक समानता, कूटनीति तथा जलवायु परिवर्तनका समसामयिक विषयमा विस्तृत छलफल भएको छ । भेटका क्रममा सम्माननीय सभामुख अर्यालले आवासीय संयोजक याहियालाई स्वागत गर्दै नेपाल सरकार र संघीय संसद संयुक्त ...