मुख्य समाचार
छैटौं बीच एसियन गेम्स २०२६ सम्पन्न
छैटौं बीच एसियन गेम्स २०२६ सम्पन्न

: छैटौं बीच एसियन गेम्स २०२६ सम्पन्न भएको छ। चीनको हाइनाइ प्रदेशको सान्यामा भएको यस प्रतियोगितामा नेपालले एक कास्यसहित प्रतियोगिता सकाएको छ।

यस प्रतियोगितामा नेपालबाट २ खेलले सहभागिता जनाएका थिए। बीच महिला कबड्डीले कास्य पदक जितेको हो। बीच रेस्लिङमा भने नेपालका खेलाडी नकआउट चरणबाटै बाहिएको हो।

पदक तालिकामा आयोजक चीन सबैभन्दा माथि छ। चीनले २४ वटा स्वर्णपदक १८ रजत र १३ वटा काश्य सहित जम्मा ५५ पदक जितेको छ। दोस्रो स्थानमा थाइल्याण्ड र तेस्रो स्थानमा इरान रहेको छ। दोस्रो स्थानमा रहेको थाइल्याण्डले कुल २८ वटा पदक जितेको छ। जसमा १० स्वर्ण, ९ रजत र ९ कास्य रहेको छ।



तेस्रो स्थानमा रहेको इरानले कुल १० पदक जितेको छ जसमा ९ स्वर्ण पदक रहेको छ भने १ रजत पदक रहेको छ। पदक तालिकामा चौथो स्थानमा भियतनाम, पाँचौं स्थानमा फिलिपिन्स, छैटौं स्थानमा भारत, सातौं स्थानमा युएई, आठौं स्थानमा कतार, नवौं स्थानमा कोरिया र दशौं स्थानमा श्रीलंका रहेको छ। यस प्रतियोगितामा १४ खेलको ६२ वटा इभेन्टमा ४५ राष्ट्रका १ हजार ८ सयभन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए।

सातौं बीच एसियन गेम्स २०२८ मा फिलपिन्समा हुनेछ। प्रतियोगिताको समापन समारोहमा ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)का अध्यक्ष जोन बीन अहमद अलथानीले फिलिपिन्स ओलम्पिक कमिटीका अध्यक्ष अब्राहम तोलेन्तिनोलाई ओसीएको झन्डा हस्तान्तरण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम