: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विस्थापित सुकुम्बासीलाई आफ्नो पार्टी नेतृत्वको सरकारले घरबारविहीन हुन नदिने बताएको छ ।
बुधबार बसेको रास्वपा संसदीय दलको वैठकले जोखिमपूर्ण स्थानमा रहेको सुकुम्बासीलाई पटक–पटक सूचना दिएर सुरक्षित स्थानमा सरल तरिकाले सारिएको बताएको छ ।
आजको वैठकपछि रास्वपा प्रवक्ता मनिष झाले सरकारले विस्थापित सुकुम्बासीहरुको लगत संकलन र ब्यबस्थापनमा जिम्मेवार भएर काम गरिरहेको बताएका छन् । उनले भने, ‘कतै कुनै थप सजकता आवश्यक छ भने ध्यानाकर्षण गराउन अनुरोध छ ।’ ढलको छेउमा, बाढीको छेउमा बस्न बाध्य नागरिकको सुरक्षित बासस्थानबारे चिन्ता छ र सबैको भविष्यबारे चिन्ता गर्नु यो सरकारको कर्तव्य भएको बताउँदै प्रवक्ता झाले देशैभरी रहेको यस्तो समस्यालाई एक बिशेष आयोग बनाएर शिघ्र काम गरिने जानकारी गराए । उनले यो क्रममा सरकारले कसैलाई घरबारबिहीन नबनाउने दावी समेत गरे ।
उनले भने, ‘सरकारले घरबारबिहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ । सरकारले कोही सुकुम्बासीहरूलाई घरबारबिहीन हुन दिने छैन, आवश्यक समन्वयको लागि सुझाव स्वागत योग्य छ । तर अनावश्यक राजनीतिकरण गर्नु हुँदैन । कसैलाई बाढीको जोखिम र ढलको छेउ बस्न बाध्य बनाएर ‘भोट बैंक’ को राजनीति गर्नु गलत हो ।