: सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संवैधानिक नियुक्तिहरुका लागि समय कुरेर मात्र बसिरहन नसकिने बताएको छ ।
पार्टी मुख्यालयमा बुधबार बसेको पार्टी संसदीय दलको वैठकले कैयौ संवैधानिक आयोग, नियोगहरु पदाधिकारीविहीन हुँदा महत्वपूर्ण निर्णयहरू लिन ब्यबहारिक कठिनाइ भइरहेको र कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्य भइरहेको बताएको छ । रास्वपा प्रवक्ता मनिष झाले जनअपेक्षा अनुसार काम गर्न केही सक्रियता र नम्र राजनीतिक आक्रामकता आवश्यक रहेको बताएका छन् ।