मुख्य समाचार
कांग्रेसका सभापति गगनकुमार थापाले बालेन्द्र शाह नेतृत्वको सरकारले संसद र नागरिक दुवैलाई हेपेको आरोप
कांग्रेसका सभापति गगनकुमार थापाले बालेन्द्र शाह नेतृत्वको सरकारले संसद र नागरिक दुवैलाई हेपेको आरोप

: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बालेन्द्र शाह नेतृत्वको सरकारले संसद र नागरिक दुवैलाई हेपेको आरोप लगाएका छन्। आफ्नो निर्वाचन क्षेत्र सर्लाहीमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार नागरिकप्रति जवाफदेही नभएको बताएका हुन्।

प्रतिनिधिसभाको बैठकको मिति तोकेर आह्वान गरिसकेपछि कुनै सूचना नै नदिई बैठक स्थगित गरिएकोप्रति आपत्ति जनाउँदै थापाले कांग्रेसले यस विषयमा दुईवटा गम्भीर प्रश्न उठाएको बताए। 'एउटा संसदलाई हेपिएको छ, अर्को नागरिकलाई पनि हेपिएको छ,' उनले भने।

उनका अनुसार बहुमत भएको संसदप्रति नै विश्वास नगरी सरकारले संसद छलेर अध्यादेश ल्याएकोप्रति कांग्रेसले प्रश्न उठाएको हो। 'संसदप्रति विश्वास नराख्नु भनेको लोकतान्त्रिक प्रक्रियामाथि नै अविश्वास गर्नु हो,' उनले भने।



नागरिकलाई पनि बेवास्ता गरिएको आरोप लगाउँदै थापाले सरकारका मन्त्रीहरूले संसदकै अनुरोधमा बैठक स्थगित गरिएको भन्ने अभिव्यक्ति दिएको सुन्नुपरेको बताए। 'पहिला हेप्नुभयो, अहिले त सरासर ढाँट्नुभयो,' उनले सरकारप्रति कटाक्ष गरे।

उनले यो विषय केवल अध्यादेशसँग मात्र सम्बन्धित नभई समग्र शासन प्रवृत्तिसँग जोडिएको बताए। संवैधानिक परिषद्को संरचना परिवर्तन गरेर आफूअनुकूल नियुक्ति गर्न खोजिएको आरोपसमेत उनले लगाए। 'यसअघि पनि प्रधानमन्त्रीहरूले संवैधानिक परिषद्को बनोट आफू अनुकूल बनाउन प्रयास गरेका थिए, हामीले त्यसमा असहमति जनाएका थियौं। अहिले फेरि त्यही अभ्यास दोहोरिन खोजिएको छ, जुन राम्रो होइन,' उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले नवीकरण र नयाँ क्रियाशील दर्ता गर्नका लागि एक हप्ताको समय दिएको छ। नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको बैठकले नवीकरण शुल्क र नयाँ क्रियाशील सदस्यता शुल्कसहित केन्द्रीय कार्यालयको सिस्टममा इन्ट्री नभएका जिल्ला र क्षेत्रको हकमा एक साताको समय दिने निर्णय गरेको हो। बैठकले १५ ...
अखिल नेपाल सुकुमबासी संघले विना विकल्प उठिबास लगाउने कार्य बन्द गर्नुपर्ने भन्दै आन्दोलनको घोषणा
: प्रमुख विपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँग नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले भेटवार्ता गरेका छन् । त्यस क्रममा राजदूत बासले दलको नेता चयन भएकोमा आङ्देम्बेलाई बधाई तथा शुभकामना दिएका थिए । आङ्देम्बेले पनि राजदूत बासलाई धन्यवाद ज्ञापन गरेका छन् । नेता आङ्देम्बे र राजदूत बासबीच नेपाल–इजरायल द्विपक्षीय आपसी ...
: संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले वर्तमान सरकारले मजदुर श्रमिकको अधिकार खोस्ने तयारी गरिरहेको भन्दै आम मजदुर वर्गलाई सतर्क रहन आह्वान गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेटियुसिसीले मजदुर श्रमिकको अधिकार खोसिए कडा प्रतिवादमा उत्रने समेत चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा जेटियुसिसीका अध्यक्ष विनोद श्रेष्ठले सार्वजनिक ...
: सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लिला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा नेपाल–संयुक्त राष्ट्रसंघ सहकार्य, युवा सहभागिता, शिक्षा, लैंगिक समानता, कूटनीति तथा जलवायु परिवर्तनका समसामयिक विषयमा विस्तृत छलफल भएको छ । भेटका क्रममा सम्माननीय सभामुख अर्यालले आवासीय संयोजक याहियालाई स्वागत गर्दै नेपाल सरकार र संघीय संसद संयुक्त ...