: पथलैया-वीरगन्ज सडकखण्डमा बुधबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका ३ बसन्तपुरका ४० वर्षीय राम चमार रहेका छन्।
वीरगन्जबाट नारायणघाटतर्फ जाँदै गरेको ना२७प ३०२१ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदै सडक छेउको रेलिङमा ठोक्किँदा चमार र उनकी ३५ वर्षीया पत्नी जानकी देवी गम्भीर घाइते भएका थिए।
जीतपुरसिमरा-२३ स्थित डाबर नेपाल अगाडि भएको उक्त दुर्घटनाका दुवै घाइतेलाई उद्धार गरी अस्पताल लगिएको थियो। चमारको उपचारका क्रममा गण्डक अस्पतालमा मृत्यु भएको हो। उनकी पत्नी जानकी देवीको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।