मुख्य समाचार
रेष्टुरेन्टबाट झन्डै १३ लाख बढी पर्ने लागुऔषध बरामद
रेष्टुरेन्टबाट झन्डै १३ लाख बढी पर्ने लागुऔषध बरामद

: नवलपरासीको बर्दघाटस्थित एक रेष्टुरेन्टबाट झन्डै १३ लाख बढी पर्ने लागुऔषध बरामद भएको छ। लागुऔषधको कारोबार हुँदै छ भन्ने सूचना पाएर गएको लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाको टोलीले इलाका प्रहरी कार्यालय बर्दघाटको सहयोगमा उक्त लागुऔषध बरामद गरेको हो।

उक्त लागुऔषध प्रयोगशालामा रासायनिक रुपमा तयार पारिने खालको रहेको लागुऔषध नियन्त्रण ब्युरोका एक प्रहरीले जनाएका छन्। चार वटा प्याकेटमा राखिएको उक्त लागुऔषधको परिणाम २ सय ८ ग्राम १६० मिलिग्राम रहेको छ । उक्त लागुऔषध बजारमा ५ देखि ६ हजार प्रति ग्राममा बिक्री हुने गरेको ति प्रहरीले जनाएका छन्।

बर्दघाट नगरपालिका-१० लण्डनब्रिज नजिक रहेको संगम रुफटप रेष्टुरेन्ट एण्ड खाजा घरबाट लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी बीरदत्त पन्तले जानकारी दिए। रेष्टुरेन्टमा बसेर ग्राहकको पर्खाइमा बसिरहेका बर्दघाट नगरपालिका-१० लण्डन ब्रिजका ६१ वर्षीय धनलाल चापागाई र सुस्ता गाउँपालिका-५ थारुटोलाका ३३ वर्षिय स्तकार हुसेनको साथबाट उक्त लागुऔषध बरामद भएको हो। पक्राउ परेका उनीहरूलाई लागुऔषध सम्बन्धीको कसुरमा मुद्दा प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एकातिर ‘अद्यावधिक’ को तर्क, अर्कोतिर ‘खारेज अस्वीकार्य’ को अडान— नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यताले फेरि पार्टीलाई दुई धारमा विभाजन गरेको छ। विशेष महाधिवेशनको वैधतादेखि नेतृत्वको शैलीसम्म गुट–गुटबीचको असन्तोष अब खुला टकरावमा परिणत भएको छ। कांग्रेसभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ। गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले मान्यता दिए पनि पार्टीभित्रको असन्तोष ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकुम्बासीहरूलाई धम्क्याएर र लखेटेर हटाउने काम तत्काल बन्द गर्न माग गरेका छन्। उनले सुकुम्बासी समस्या समाधानका नाममा बलपूर्वक डोजर प्रयोग गर्नु लोकतान्त्रिक मूल्यविपरीत भएको भन्दै सरकारलाई कानुनी प्रक्रियाबाट अघि बढ्न आग्रह गरेका छन्। थापाले ‘शक्ति प्रदर्शन कि प्रक्रियागत न्याय?’ भन्ने प्रश्न उठाउँदै अहिले सडकमा ‘डोजर कि कानुन?’ भन्ने बहस पेचिलो ...
: कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण पाण्डे दुग्ध विकास बोर्ड (डीडीसी) को महाप्रबन्धक पदमा नियुक्त भएका छन् । डा. पाण्डेले बागमती, मधेस र कोशी प्रदेशमा प्रदेश सचिवका रूपमा नेतृत्व प्रदान गर्दै कृषि तथा पशुपन्छी विकासका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गरेका थिए । त्यसपछि संघीय कृषि मन्त्रालयमा सहसचिवको जिम्मेवारी सम्हाल्दै उनले नीतिगत सुधार, किसानमुखी कार्यक्रम ...
: राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान दिने बताएका छन्। ललितपुर आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्देशलाई व्यवहारमा रूपान्तरण गर्न सकेमा मात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने बताएका हुन् । आजको विश्व अनेकन समस्याहरू ...
: आफ्नै बाबुको हत्या गरी फरार रहेका व्यक्ति १८ वर्षपछि पक्राउ परेका छ्न्। रौतहट प्रहरीले चितवनबाट उनलाई नियन्त्रणमा लिँदै वर्षौंदेखि रहस्यमा रहेको हृदयविदारक पारिवारिक हत्याकाण्ड सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले बिहीबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै २०६४ साल जेठ २० गते गरुडा नगरपालिका–१ साबिक जयनगर–४ का ६८ वर्षीय विशेष महतो कोईरीको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम