मुख्य समाचार
ट्रम्पले इरानी बन्दरगाहहरूमा जारी अमेरिकी नौसैनिक नाकाबन्दीलाई निरन्तरता दिन चाहेको
ट्रम्पले इरानी बन्दरगाहहरूमा जारी अमेरिकी नौसैनिक नाकाबन्दीलाई निरन्तरता दिन चाहेको

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहहरूमा जारी अमेरिकी नौसैनिक नाकाबन्दीलाई निरन्तरता दिन चाहेको बताएका छन्। वार्ताको बारेमा जानकार स्रोतका अनुसार ट्रम्प टोलीले स्ट्रिट अफ होर्मुज लाई लामो समयसम्म बन्द गर्ने गरी नाकाबन्दी विस्तारको तयारी सुरु गरिसकेको छ।

राष्ट्रपति ट्रम्पले हाललाई इरानमाथि अधिकतम आर्थिक दबाब दिने रणनीति अपनाएका छन्। सैन्य आक्रमण पुनः सुरु नगरी तेहरानलाई वार्ताको टेबलमा फर्काउन यो नै प्रभावकारी बाटो भएको उनको बुझाइ छ।

यो रणनीति ट्रम्पका लागि जोखिममुक्त भने छैन। ९ हप्तादेखि जारी यो द्वन्द्व ६ हप्तामै सकिने उनले सुरुमा भविष्यवाणी गरेका थिए। स्ट्रिट अफ होर्मुज बन्द हुँदा अमेरिकामा इन्धनको मूल्य बढेको छ, जसले ट्रम्पको लोकप्रियता र अर्थतन्त्र सम्हाल्ने क्षमतामाथि प्रश्न उठाएको छ। पेन्टागनका अनुसार यो युद्धमा अमेरिकाले अहिलेसम्म २५ अर्ब डलर खर्च गरिसकेको छ, जसले नोभेम्बरमा हुने निर्वाचनका लागि रिपब्लिकन पार्टीभित्र चिन्ता बढाएको सिएनएनमा उल्लेख गरिएकाे छ।



बुधबार एक अन्तर्वार्तामा ट्रम्पले भने, 'नाकाबन्दी बमबारी भन्दा बढी प्रभावकारी छ। इरानको सातो खुस्किएको छ। उनीहरूसँग परमाणु हतियार हुन सक्दैन।'ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो युद्ध युक्रेन युद्ध जस्तै लामो समयसम्म जान सक्ने संकेत समेत गरे।

अमेरिकी अधिकारीहरूले प्राप्त गरेको गुप्तचरी सूचना अनुसार, नाकाबन्दीका कारण इरानी अर्थतन्त्र अब केही हप्ता वा केही दिनमा धराशायी हुन सक्छ। ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमा स्थायी क्षति पुग्ने दाबी गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, 'इरानले हामीलाई आफू पतनको अवस्थामा पुगेको जानकारी दिएको छ। उनीहरू स्ट्रिट अफ होर्मुज खोल्न चाहन्छन्।'

हालै ह्वाइट हाउसमा आयोजित एक बैठकमा उपराष्ट्रपति जेडी भान्स, अर्थमन्त्री स्कट बेसेन्ट र ऊर्जा क्षेत्रका दिग्गज उद्योगीहरूको सहभागिता थियो। बैठकमा नाकाबन्दीलाई महिनौंसम्म लम्ब्याउने र अमेरिकी उपभोक्तामा पर्ने असरलाई कम गर्ने उपायबारे छलफल भएको थियो।

यद्यपि, पेन्टागनले सैन्य कारबाहीको तयारी जारी राखेको छ, तर ट्रम्प व्यक्तिगत रूपमा थप सैन्य आक्रमण भन्दा सम्झौता गरेर युद्ध टुङ्ग्याउने पक्षमा देखिन्छन्।

इरानले स्ट्रिट अफ होर्मुज खोल्ने र परमाणु कार्यक्रमको विषयलाई पछि टुङ्ग्याउने प्रस्ताव गरेको थियो, जसलाई ट्रम्पले अस्वीकार गरेका छन्। विदेशमन्त्री मार्को रुबियोले इरानको प्रस्ताव सकारात्मक भए पनि मुख्य मुद्दा 'परमाण हतियार' नै रहेको बताएका छन्।

हाललाई अमेरिका इरानको तर्फबाट संशोधित प्रस्तावको पर्खाइमा छ। तर, युद्ध सुरु भएदेखि इरानी सर्वोच्च नेता मोज्तबा खामेनी सार्वजनिक रूपमा नदेखिएकोले तेहरानमा निर्णय प्रक्रिया कसको हातमा छ भन्नेमा अमेरिकी अधिकारीहरू अन्योलमा छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचन र त्यसको एक हप्तापछि हुने अमेरिकी मध्यअवधि चुनाव अघि इरानमाथि संयुक्त रूपमा नयाँ र ठूलो सैन्य कारबाही सुरु गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफल भएको खुलासा भएको छ। एक्सियोसले उच्चस्तरीय अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो । अधिकारीहरूका अनुसार, ...
। चिनियाँ औद्योगीकरणको अत्यधिक उत्पादन (ओवरक्यापासिटी) र तीव्र निर्यातले युरोपेली बजार र उद्योगमा पारेको सङ्कट रोक्न युरोपेली सङ्घले नयाँ रणनीति अघि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी कर बढाउने नीतिको सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप ) तोक्दै ‘चाइना शक २.०’ को सामना गर्ने बाटो रोजेको छ। यसै क्रममा युरोपेली सङ्घ र चीनबिच ...
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...