मुख्य समाचार
अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी तथा अवाञ्छित गतिविधि गर्नेलाई सरकारले कडा कानुनी कारबाही गर्ने चेतावनी
अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी तथा अवाञ्छित गतिविधि गर्नेलाई सरकारले कडा कानुनी कारबाही गर्ने चेतावनी

: अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी तथा अवाञ्छित गतिविधि गर्नेलाई सरकारले कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय यस्ता गतिविधि बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

मन्त्रालयका अनुसार केही व्यक्तिहरूले अस्पताल परिसरमा स्वीकृति विना प्रवेश गरी बिरामी तथा स्वास्थ्यकर्मीको फोटो-भिडियो खिच्ने, अन्तर्वार्ताको नाममा भीडभाड गर्ने तथा उपचारमा खटिएका चिकित्सक र कर्मचारीको काममा अवरोध पुर्‍याउने गरेको गुनासो प्राप्त भएको छ। यस्तो कार्यले बिरामीको गोपनीयतामाथि आघात पुग्नुका साथै उपचार प्रक्रियामा नै नकारात्मक असर परेको मन्त्रालयले जनाएको छ।

विज्ञप्तिमा अस्पताल जस्तो संवेदनशील क्षेत्रमा अनुमति बिना भिडियो बनाउने, स्वास्थ्यकर्मीमाथि अमर्यादित व्यवहार गर्ने वा अनुचित दबाब दिने कार्य प्रचलित कानुनको ठाडो उल्लङ्घन भएको उल्लेख छ। 'स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६' को दफा ३ ले उपचारमा बाधा पुर्‍याउन नपाइने स्पष्ट व्यवस्था गरेको र सोही दफामा स्वास्थ्यकर्मीमाथि हातपात, धम्की, गालीगलौज वा अपमानजनक व्यवहार गर्न निषेध गरिएको मन्त्रालयले स्मरण गराएको छ।



त्यस्तै मुलुकी अपराध संहिता, २०७४ को दफा २९५ अनुसार अनुमति बिना कसैको तस्बिर खिच्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै मन्त्रालयले अस्पताल परिसरभित्र सम्बन्धित संस्थाको अनुमति बिना फोटो वा भिडियो नखिच्न तथा प्रकाशन/प्रसारण नगर्न आग्रह गरेको छ।

मन्त्रालयले यस्ता गतिविधि नियन्त्रणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई समेत जानकारी गराइसकेको जनाएको छ। सूचनाको बेवास्ता गरी कानुन विपरीतका कार्य गरे/गराएमा प्रचलित कानुन अनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ। उपचारका क्रममा कुनै कमजोरी भएको महसुस भएमा सम्बन्धित निकायमा उजुरी गरी तथ्यपरक छानबिन गराउने व्यवस्था रहेको भन्दै मन्त्रालयले कानुनी बाटो अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८३र८४–२०८७र८८) स्वीकृत गरेको छ। रणनीतिले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। नेपालमा रेबिज प्राणघातक जुनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्णरूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ। आर्थिक वर्ष २०८१र८२ ...
। नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिदै गएको र उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले आयल निगमको ध्यानाकर्षण गराएको छ । महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकभन्दा धेरै ...
। कैलालीमा चट्याङ लागेर ७ जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङ लागेर लागेर घरको छतमा जन्मदिन मनाइरहेका ७ जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय खुशीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला राति करिब साढे ९ बजेतिर घर नजिकै चट्याङ परेको थियो । चट्याङको झिल्काले ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भूमि सम्बन्धी समस्या समाधान गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन्। सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले अहिलेसम्म सरकारले ५,७३७ लालपुर्जा वितरण गरिसकेको उल्लेख गरेका छन्। विभिन्न जिल्लामा लालपुर्जा नभएका स्वबासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको प्रधानमन्त्री शाहको भनाइ छ। ‘यो सुरुवात हो। ...