मुख्य समाचार
अमेरिकाले फेरि आक्रमण गरे अमेरिकाले लामो पीडादायी प्रतिक्रिया भोग्नु पर्ने इरानले चेतावनी
अमेरिकाले फेरि आक्रमण गरे अमेरिकाले लामो पीडादायी प्रतिक्रिया भोग्नु पर्ने इरानले चेतावनी

: अमेरिकाले फेरि आक्रमण गरे अमेरिकाले लामो पीडादायी प्रतिक्रिया भोग्नु पर्ने इरानले चेतावनी दिएको छ । इरानले आफूहरुमाथि फेरि आक्रमण भए पीडादायी हमला गर्ने चेतावनी दिएको हो । अमेरिकाले होर्मुज जलमार्ग खोलाउन गठबन्धन योजना बनाइरहे बनाएर दवाव बढाइरहेका बेला इरानले होर्मुजमा आफ्नो दावी फेरि दोहोर्‍याएको छ ।

अमेरिका–इजरायल र इरानबीचको युद्ध सुरु भएको दुई महिना भइसकेको छ । होर्मुज जलडमरूमध्य अझै बन्द नै छ । यसले विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति अवरुद्ध गरेको छ । परिणामस्वरूप विश्वव्यापी ऊर्जा मूल्य बढेको छ र आर्थिक मन्दीको जोखिम बढेको छ । पाकिस्तानको नेतृत्वमा भइरहेको शान्ति प्रयासहरू ठप्प भएका छन् ।

अप्रिल ८ देखि युद्धविराम लागू भए पनि, इरानले आफ्नो बन्दरगाहमाथि अमेरिकी नाकाबन्दीको प्रतिक्रिया स्वरूप जलडमरूमध्य बन्द गरिरहेको छ, जसले तेल निर्यात (इरानको मुख्य आय स्रोत) रोकिएको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकाले उक्त जलमार्ग ‘दुरुपयोग’ गरेको आरोप लगाए । बघाईले खाडी क्षेत्रमा रहेका अमेरिकी लक्ष्यहरूमाथि गरिएको आक्रमणलाई पनि जायज ठहर गरे । उनले क्षेत्रीय देशहरूले अमेरिकासँग मिलेर इरानमाथि आक्रमण गरेको भन्दै आलोचना गरे ।



यसबीच, संयुक्त अरब इमिरेट्सले आफ्ना नागरिकहरूलाई इरान, लेबनान र इराक भ्रमण नगर्न प्रतिबन्ध लगाएको छ र त्यहाँ भएका नागरिकलाई तुरुन्त फर्कन आग्रह गरेको छ । इरानको धम्कीपछि युएइका राष्ट्रपति सल्लाहकार अनवर गर्गाशले इरानमाथि विश्वास गर्न नसकिने बताएका छन् ।

त्यस्तै, बहराइनका राजा हमद बिन इसा अल खलिफाले पनि इरानको आलोचना गर्दै यसलाई क्षेत्रीय सुरक्षामाथि खतरा बताएका छन् । राजाले देशभित्रका ‘सहयोगी’ हरूमाथि कडा कारबाही हुने चेतावनी दिएका छन्, जसमा जेल, नागरिकता खोसिने वा देशनिकाला समेत हुन सक्छ । उनले राष्ट्रिय एकता र निष्ठालाई सबैभन्दा महत्वपूर्ण भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचन र त्यसको एक हप्तापछि हुने अमेरिकी मध्यअवधि चुनाव अघि इरानमाथि संयुक्त रूपमा नयाँ र ठूलो सैन्य कारबाही सुरु गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफल भएको खुलासा भएको छ। एक्सियोसले उच्चस्तरीय अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो । अधिकारीहरूका अनुसार, ...
। चिनियाँ औद्योगीकरणको अत्यधिक उत्पादन (ओवरक्यापासिटी) र तीव्र निर्यातले युरोपेली बजार र उद्योगमा पारेको सङ्कट रोक्न युरोपेली सङ्घले नयाँ रणनीति अघि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी कर बढाउने नीतिको सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप ) तोक्दै ‘चाइना शक २.०’ को सामना गर्ने बाटो रोजेको छ। यसै क्रममा युरोपेली सङ्घ र चीनबिच ...
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...