मुख्य समाचार
८० रोपनीको अफिम खेती नष्ट
८० रोपनीको अफिम खेती नष्ट

: लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै प्रहरीले जिल्लामा ठूलो परिमाणमा अफिम खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व र अस्थायी प्रहरी चौकी पाखापानीबाट खटिएको संयुक्त टोलीले सिस्ने गाउँपालिका–१ का विभिन्न स्थानमा आफै उम्रिएको अफिमको बोट फडानी गरेको हो ।

nullप्रहरीका अनुसार करिब ८० रोपनी क्षेत्रफलमा फैलिएको अफिम खेती नष्ट गरिएको छ । अवैध रूपमा उम्रिएको उक्त अफिम नियन्त्रण अभियानअन्तर्गत नष्ट गरिएको प्रहरीले जनाएको छ । लागूऔषधजन्य बालीको उत्पादन र विस्तार रोक्न प्रहरीले जिल्लाभर निगरानी बढाएको बताएको छ ।

nullयस्ता अवैध खेती नियन्त्रणका लागि आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिइने प्रहरी निरीक्षक गोपाल न्यौपानेले बताए । साथै, स्थानीयवासीलाई यस्ता गतिविधिबाट टाढा रहन र जानकारी भएमा प्रहरीलाई सूचित गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथिको सुनुवाइ स्थगित भएको छ। लामिछाने तर्फका कानुन व्यवसायीले सुनुवाइ स्थगितका लागि निवेदन दिएपछि सुनुवाइ रोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। योसँगै उक्त मुद्दाको सुनुवाइ फेरि लम्बिएको छ। सुनुवाइका लागि न्यायाधीश अव्दुल अजीज मुसलमान,श्रीकान्त पौडेल र शान्तिसिंह ...
: झापाको कचनकवल गाउँपालिका–३ दलकीमा स्कुल बस दुर्घटना हुँदा एक दर्जन बढी विद्यार्थी घाइते भएका छन् । आज बिहान करिब ९ः२५ बजे दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको प्र–१–०१–००१ ख ४४८२ नम्बरको विद्यापानी सेकेण्डरी स्कुलको बसले घरबाट सडकमा निस्किएको प्र–१–०१–०१३ प ३४०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार करिब ...
: सरकारले राजनीतिक नियुक्त खारेज गर्ने तयारी गरेपछि त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित पदाधिकारीहरूले राजीनामा दिएका छन्। उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका हुन्। शिक्षाध्यक्ष प्राडा केसीले कर्मचारीले कर्मचारीमार्फत राजीनामा बुझाएको बताएका छन्। 'हामीले कर्मचारीमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका छौं,' अन्नपूर्णसँग उनले भने।
: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि सेवा शुल्क बैंकिङ प्रणालीबाट गर्न निर्देशन दिएको छ। विभागले ठगीबाट बच्न, आर्थिक कारोबारलाई पारदर्शी बनाउन र सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्न इजाजतपत्र प्राप्त संस्था (म्यानपावर कम्पनी) लाई प्रचलित कानुन बमोजिम बुझाउनुपर्ने सेवा शुल्क वापतको रकम अनिवार्य रूपमा बैंकिङ माध्यमबाट प्रयोजन खुलाई बुझाउन निर्देशन दिएको हो। उक्त रकम बुझाएको ...
: एकातिर ‘अद्यावधिक’ को तर्क, अर्कोतिर ‘खारेज अस्वीकार्य’ को अडान— नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यताले फेरि पार्टीलाई दुई धारमा विभाजन गरेको छ। विशेष महाधिवेशनको वैधतादेखि नेतृत्वको शैलीसम्म गुट–गुटबीचको असन्तोष अब खुला टकरावमा परिणत भएको छ। कांग्रेसभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ। गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले मान्यता दिए पनि पार्टीभित्रको असन्तोष ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम