: कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण पाण्डे दुग्ध विकास बोर्ड (डीडीसी) को महाप्रबन्धक पदमा नियुक्त भएका छन् ।
डा. पाण्डेले बागमती, मधेस र कोशी प्रदेशमा प्रदेश सचिवका रूपमा नेतृत्व प्रदान गर्दै कृषि तथा पशुपन्छी विकासका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गरेका थिए । त्यसपछि संघीय कृषि मन्त्रालयमा सहसचिवको जिम्मेवारी सम्हाल्दै उनले नीतिगत सुधार, किसानमुखी कार्यक्रम तथा प्रविधिमा आधारित कृषि प्रणाली विकासमा योगदान दिएका छन् ।
नवनियुक्त महाप्रबन्धक पाण्डेले दुग्ध क्षेत्रका प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन् । उनले लामो समयदेखि बाँकी रहेको दुग्ध किसानको भुक्तानी छिट्टै गर्ने विषयलाई उच्च प्राथमिकतामा राख्ने बताएका छन् । उनले भने, ‘किसानको श्रमको उचित मूल्य समयमै सुनिश्चित गर्नु हाम्रो पहिलो दायित्व हो ।’