मुख्य समाचार
म्यानमारकी पूर्व नेत्री आङ सान सूचीलाई हिरासतबाट उनको आफ्नै घरमा नजरबन्दका लागि सारियो
म्यानमारकी पूर्व नेत्री आङ सान सूचीलाई हिरासतबाट उनको आफ्नै घरमा नजरबन्दका लागि सारियो

: म्यानमारकी पूर्व नेत्री आङ सान सूचीलाई हिरासतबाट उनको आफ्नै घरमा नजरबन्दका लागि सारिएको छ । उनलाई २०२१ को कूपछि सत्ताच्युत भएको पाँच वर्षभन्दा बढी समयपछि देशको राजधानी नायप्यिदोमा घरमै नजरबन्दका लागि सारिएको हो । ८० वर्षीया सूचीलाई सेनाले सत्ता कब्जा गरेपछि त्यही वर्षदेखि हिरासतमा राखिएको थियो । जसले देशलाई द्वन्द्व र आर्थिक संकटतर्फ धकेलेको छ । उनलाई कुन अवस्थामा राखिएको थियो भन्नेबारे निकै कम जानकारी सार्वजनिक भएको छ ।

उनको कानुनी टोलीका एक सदस्यले पुष्टि गरेअनुसार उनलाई बिहीबार राति नायप्यिदोमा घरमै नजरबन्दमा सारिएको हो । टोलीले आइतबार उनलाई भेटेर उनको अवस्थाबारे छलफल गर्ने र केही आवश्यक सामग्री पुर्‍याउने योजना बनाएको छ । ‘स्थिति परिवर्तन भएको छ । अब यो साधारण जेल भेटघाट जस्तो होइन, बरु कानुनी टोली गएर उहाँसँग प्रत्यक्ष छलफल गर्ने भेट हुनेछ’, कानुनी प्रतिनिधिले भने । सेनाद्वारा सञ्चालित एमआरटीभीले पहिले ‘आङ सान सूचीको बाँकी सजायलाई तोकिएको निवासमा घरमै नजरबन्दमा राखेर पूरा गरिनेछ’ भनेर रिपोर्ट गरेको थियो । तर त्यो स्थान स्पष्ट गरिएको थिएन ।

उनका छोरा किम अरिसले सामाजिक सञ्जालमा लेख्दै आफ्नी आमालाई ‘संसारबाट काटिएको बन्धक’ भएको बताएका छन् र उनको अवस्थाबारे प्रमाणित जानकारी, जीवित भएको पुष्टि, तथा स्वतन्त्र रूपमा सम्पर्क गर्न र भेट्न पाउने अधिकारको माग गरेका छन् । सेनाले नियन्त्रणमा राखेको टेलिभिजनमा सेतो ब्लाउज र स्कर्ट लगाएकी सूची दुई सैनिकको साथमा काठको बेन्चमा बसेको तस्बिर देखाइएको थियो ।



यो वर्षौंपछि उनको पहिलो सार्वजनिक तस्बिर हो । तर किम अरिसले बीबीसीलाई बताएअनुसार उक्त तस्बिर वर्षौं पहिले खिचिएको हुन सक्छ ।
संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले न्यूयोर्कमा भने कि आङ सान सूचीलाई ‘तोकिएको निवासमा घरमै नजरबन्दमा राख्ने निर्णय एक सकारात्मक कदम हो’ र यसले ‘विश्वसनीय राजनीतिक प्रक्रियाका लागि अनुकूल अवस्था बनाउन मद्दत गर्नेछ ।’

२०२१ को कूको नेतृत्व गर्ने जनरल मिन आङ हलाइङ हालै राष्ट्रपति नियुक्त भएका छन्, जुन चुनावलाई व्यापक रूपमा सेनालाई वैधता दिन गरिएको नाटकको रूपमा आलोचना गरिएको छ । त्यसपछि पनि देशभर हिंसा जारी छ । मार्च महिनामा मात्रै हवाई र ड्रोन आक्रमणमा ४५० भन्दा बढी मानिस मारिएका थिए । जुन कूविरुद्धको प्रतिरोध सुरु भएपछिको सबैभन्दा ठूलो मासिक मृत्यु संख्या हो ।

आङ सान सू चीको सजाय पनि बिहीबार एक छैटौं भागले घटाइएको छ, जुन धार्मिक पर्वका अवसरमा गरिएको आममाफीको हिस्सा हो । यसले उनको बाँकी सजाय १८ वर्षमा झरेको छ, जसमा अझै १३ वर्षभन्दा बढी बाँकी छ । उनी सुरुमा ३३ वर्षको सजाय सुनाइएको थियो, जसमा देशद्रोह, भ्रष्टाचार र दूरसञ्चार कानुन उल्लंघनका आरोपहरू थिए । जसलाई धेरैले राजनीतिक रूपमा प्रेरित भनेका थिए । पछि सजाय २७ वर्षमा घटाइएको थियो र हाल फेरि घटाइएको हो । यस पछिल्लो घोषणा बौद्ध धर्मसँग सम्बन्धित पर्वका अवसरमा गरिएको कैदी आममाफीको हिस्सा हो ।

यसअघि पनि आङ सान सूची १५ वर्षसम्म घरमै नजरबन्दमा राखिएकी थिइन् । उनी म्यानमारका स्वतन्त्रता नायक जनरल आङ सानकी छोरी हुन् र लामो समय विश्वकै चर्चित राजनीतिक बन्दीमध्ये एक मानिन्थिन् । २०२१ यता उनको अवस्थाबारे निकै सीमित जानकारी मात्र सार्वजनिक भएको छ । उनका छोरा किम अरिसले बारम्बार उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचन र त्यसको एक हप्तापछि हुने अमेरिकी मध्यअवधि चुनाव अघि इरानमाथि संयुक्त रूपमा नयाँ र ठूलो सैन्य कारबाही सुरु गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफल भएको खुलासा भएको छ। एक्सियोसले उच्चस्तरीय अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो । अधिकारीहरूका अनुसार, ...
। चिनियाँ औद्योगीकरणको अत्यधिक उत्पादन (ओवरक्यापासिटी) र तीव्र निर्यातले युरोपेली बजार र उद्योगमा पारेको सङ्कट रोक्न युरोपेली सङ्घले नयाँ रणनीति अघि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी कर बढाउने नीतिको सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप ) तोक्दै ‘चाइना शक २.०’ को सामना गर्ने बाटो रोजेको छ। यसै क्रममा युरोपेली सङ्घ र चीनबिच ...
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...