: सरकारले राजनीतिक नियुक्त खारेज गर्ने तयारी गरेपछि त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित पदाधिकारीहरूले राजीनामा दिएका छन्।
उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका हुन्।
शिक्षाध्यक्ष प्राडा केसीले कर्मचारीले कर्मचारीमार्फत राजीनामा बुझाएको बताएका छन्। 'हामीले कर्मचारीमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका छौं,' अन्नपूर्णसँग उनले भने।