मुख्य समाचार
निजी अस्पतालमा शल्यक्रिया गरेका एक बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तहरू आन्दोलनमा
निजी अस्पतालमा शल्यक्रिया गरेका एक बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तहरू आन्दोलनमा

। जनकपुरधामको निजी अस्पतालमा शल्यक्रिया गरेका एक बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तहरू आन्दोलनमा उत्रिएका छन् । कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर हस्पिटलमा महोत्तरीको बलवा नगरपालिका १ बञ्चौरीका ३६ वर्षीया रागनी देवी पासवानको मृत्यु भएको हो ।

१६ गते साँझ पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको उनको शुक्रबार बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । यता मृतक परिवारले उपचारमा लापरबाहीले मृत्यु भएको आरोप लगाएको छ । आक्रोशित परिवारजन र आफन्तले अस्पतालमा तोडफोड गरेका छन् ।

मृतकका ससुरा दयाराम पासवानका अनुसार गाउँकै स्वास्थ्यकर्मी राम पुकारको सल्लाहमा बुहारीलाई गत वैशाख ७ गते चेक जाँचको लागि यो अस्पतालमा ल्याइएको थियो । त्यसपछि चिकित्सक सर्जन अमरेश कर्णको सल्लाहकार बमोजिम १६ गते भर्ना गरी पित्त थैलीको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सर्जन कर्णको टोलीले गरेको थियो ।

ससुरा दयारामका अनुसार १ लाख २५ हजार रुपैयाँमा अस्पतालले ल्याप्रोस्कोपी विधिबाट पेटमा प्वाल गरी पत्थरी झिक्ने कुरा भएको थियो । तर चिकित्सकले पेट चिरेर शल्यक्रिया गरेर पत्तथैलीको शल्यक्रिया गर्दा मृत्यु भएको उनको आरोप छ ।

‘पित्तथैली र किड्नीबाट प्वाल पारेर शल्यक्रिया गर्ने कुरा भनेपछि यहाँ अप्रेसन गराएका हौं । त्यसैले १ लाख २५ हजारमा कुरा भएको थियो । तर डाक्टरले पेट चिरेर अप्रेसन गरेपछि बुहारीको मृत्यु भएको हो,’ ससुरा दयारामले भने, ‘पैसा प्वनल पारेर अप्रेसन गरेको लियो । तर पेट चिरेर गर्‍यो । चिरेर अप्रेसन गराउने कुरा भएको भए गराउने नै थिएनौं ।’

अप्रेसनमै लापरबाही भएको कारण बुहारीको मृत्यु भएकाले डाक्टर र अस्पताललाई कारबाही र क्षतिपूर्ति पाउनु पर्ने उनको माग छ ।

यता शल्यक्रियामा संलग्न चिकित्सक कर्णले युरेटरमा १३.७ एमएमको पत्थरी र किडनीमा सानो पत्थरी बिरामीलाई भएको पत्ता चलेपछि परिवारजन र बिरामीको सहमतिमै चिरुवा अप्रेसन गरेको बताए ।

‘शल्यक्रिया पित्त थैलीको मात्र भयो । किड्नीको भित्र गरेको भए जोखिम हुन्थ्यो । शल्यक्रिया पश्चात् बिरामीको अवस्था समान्य थियो। खाना पनि सुरु गरिएको थियो । आज जनरल वार्डमा सिफ्ट गर्ने सेडुल थियो,’ डा. कर्णले भने, ‘बिहीबार राति ११ बजेसम्म पनि अवस्था समान्य थियो । राति अचानक प्रेसर कम भयो । pkr हुँदैथियो । तर मृत्यु भयो ।’

मृत्यु घटनाबाट आफू पनि चकित भएको उनको भनाइ छ । ‘उपचारमा कुनै लापरबाही भएको छैन । मैलै धेरै शल्यक्रिया गरेको छु । तर मेरो जिवनमा यो पहिलो घटना हो’ उनले भने ।

घटनापछि अस्पतालको अवस्था बिहानैदेखि तनावग्रस्त बनेको छ । व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । पोस्टमार्टम गराएर कानुनी प्रकृयामा जाने वा मिल्ने भन्ने कुरामा आफन्त र अस्पतालबीच छलफल भइरहेको छ । घटना मिलाउने प्रयास जारी छ ।

मृतकका श्रीमान राजु पासवान वैदेशिक रोजगारीमा छन् । उनका तीन छोराछोरी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फ्रान्सका स्वास्थ्य अधिकारीहरूले बिहीबार पहिलो पटक एक बिरामीमा शामोन्डा भाइरस भेटिएको पुष्टि गरेका छन्। उनीहरूले यो चरणमा सर्वसाधारणका लागि कुनै जोखिम नदेखिएको बताएका छन्। यो कीराबाट सर्ने भाइरस मुख्य रूपमा चौपाया र विशेष गरी गाईवस्तुमा लाग्छ। यो भाइरस साना कीराको टोकाइबाट सर्छ। फ्रान्स सरकारले अहिलेसम्म यसलाई मानिसमा नसर्ने भाइरस मान्दै आएको थियो। सुरुमा सङ्क्रमित भएपछि पछि ...
। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमितलाई अनावश्यक ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न ...
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम