मुख्य समाचार
छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

। सुनसरीको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी र दुहबीमा सवारी दुर्घटना हुँदा दुई जना पुरुषको मृत्यु भएको हो । एक जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार इटहरी उप–महानगरपालिका १७, पकलीस्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश नं. १–०२–००२ स ६६९५ नम्बरको पानी बोक्ने सिटी सफारी दुर्घटना हुँदा चालक इटहरी– १८ बस्ने २५ वर्षीय बिकल चौधरीको मृत्यु भएको हो । सोही ठाउँका २६ वर्षीय उमेश श्रेष्ठ गम्भीर घाइते छन् ।

दुर्घटनामा दुवै जनाको टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि विराट टिचिङ अस्पताल पठाइएको थियो । उपचारकै क्रममा चालक बिकल चौधरीको शुक्रबार राति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना तीव्र गतिका कारण भएको प्रारम्भिक अनुमान छ ।

सुनसरीको दुहबी नगरपालिका–२ स्थित तुथाहामा बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । इनरुवाबाट दुहबीतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ११११ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा अन्दाजी ५० वर्षीय पुरुषको ज्यान गएको हो । मृतकको पहिचान खुलेको छैन ।

दुर्घटनालगत्तै प्रहरीले घाइतेलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पठाएको थियो । चिकित्सकले राति करिब १० बजे मृत घोषणा गरेका थिए । प्रहरीले बस र बस चालक मोरङ विराटनगर महानगरपालिका-११ बस्ने ३० वर्षीय मुकेश सहनी र सह-चालक सुनसरी इनरुवा नगरपालिका–३ का २४ वर्षीय सागर चौधरीलाई नियन्त्रणमा लिएको छ।

दुवै घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा शुक्रबार पहिरोले डोजर पुर्दा चालकको मृत्यु भएको छ । बेगको भिजरादेखि भजने जाने सडक निर्माणका क्रममा पहिरो खसेर रुइसे देउराली कन्ट्रक्सन प्रालिको डोजर पुरिएको हो । सोही डोजर चलाइरहेका चालक रघुगंगा गाउँपालिका–२ भगवतीका ५१ वर्षीय पदम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकको मार्ग खनिरहेको अवस्थामा मिथिबाट सुक्खा ...
। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक थान पेस्तोल, म्यागेजिन र लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–५ का २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सविना पोडे, २६ वर्षीय संसार सिटौला र ललितपुर गोदावरी नगरपालिका–११ का २६ वर्षीय सुवास शाही रहेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले राससलाई जानकारी ...
। कैलाली प्रहरीले धनगढीका विभिन्न होटलमा छापा हानेर ३० जनालाई नियन्त्रणमा लिएको छ । होटलहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा खटिएको टोलीले छापा हानेको बताइएको छ । डीएसपी तिमिल्सिनाकाअनुसार अनैतिक गतिविधि गराउदै आएको सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–१, ३, ७ र ८ मा रहेका होटलहरूमा छापा ...
। राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-२०८३ जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले मन्त्रिपरिषद्‌‌बाट सिफारिस भएर आएको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेको जानकारी दिए । सरकारले विभिन्न ८ वटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ । यसअघि सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भइसकेका छन् । अन्य अध्यादेश भने ...
। तेह्रथुमको छथर गाउँपालिकाको १६ औं गाउँ सभा तथा हिउँदे अधिवेशनले आफ्नो पालिका क्षेत्रमा अनावश्यक डोजर नचलाउन संघ सरकारलाई सुझाव दिने निर्णय गरेको छ । छथर–५ मा रहेको ऐतिहासिक तथा सांस्कृतिक स्थल ताक्लुङ्गगढीमा सम्पन्न गाउँ सभाले यस्तो निर्णय गरेको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिए । उनका अनुसार गाउँपालिका क्षेत्रमा नेपाल सरकारको आधिकारिक नापी नक्साअनुसार ...