मुख्य समाचार
एकै परिवारका ९ जनाको दुखान्त, सपनै रह्यो अमेरिका र नयाँ घर
एकै परिवारका ९ जनाको दुखान्त, सपनै रह्यो अमेरिका र नयाँ घर

। केही दिनमै छोरी अमेरिका उड्ने तयारीमा थिइन्, उता गाउँमा भर्खरै ठड्याएको नयाँ घरमा सर्ने चटारो थियो ।

यही खुसीयाली मनाउन र भाकल बुझाउन घोराही उपमहानगरपालिका-१५ रत्नपुरका यमबहादुर र द्रोपदा जिसी दम्पती छोरी, बुहारी र नातिनातिनीसहित ९ जनाको परिवार लिएर घरबाट निस्किएका थिए ।

यसका लागि उनीहरूले शुक्रबार परेको चण्डी पूर्णिमाको अवसरलाई रोजे । तर पूर्णिमाको अघिल्लै दिन भएको सडक दुर्घटना उनीहरूका लागि कालरात्रि बन्यो । उनीहरूको खुसीले गन्तव्य भेट्टाउन पाएन ।

शुक्रबार रोल्पाको जलजलामा हुने पूजाआजामा सहभागी हुन जिसी दम्पती लगायत सवार जिप रुकुमकोटबाट रोल्पाको जलजलातर्फ जाँदै थियो । २१ जना सवार उक्त जीप थबाङ गाउँपालिका–१ र ४ नम्बरको सिमानामा पर्ने डाँडामा दुर्घटनामा पर्‍यो । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार, वर्षात्‌का कारण बाटो चिप्लो हुँदा दुर्घटनामा परेको जिपमा सवार २० जनाको घटनास्थलमै ज्यान गयो भने जीसी परिवारका ९ जना पनि एकै चिहान बने ।

भाकल पूरा गर्न जाँदा दुर्घटना

छिमेकी तथा नातामा आफन्त पर्ने मालती थापाका अनुसार पूर्वप्रहरी यमबहादुर र उनकी श्रीमती द्रोपदा घोराही–१५ रतनपुरमा बस्दै आएका थिए । उनीहरूकी छोरी २८ वर्षीया युभा बिसीका श्रीमान् दीपक बुढाथोकी (यमबहादुरका ज्वाइँ) अमेरिकी ग्रिनकार्ड होल्डर हुन् । यमबहादुरकी छोरी युभा श्रीमान् दीपकलाई भेट्न वैशाख २९ गते अमेरिका जाने तयारीमा थिइन् ।

जिसी परिवारमा एकसाथ दुईवटा खुसी थपिएका थिए । पहिलो– छोरी अमेरिका जाँदै थिइन् । दोस्रो– लामो समयपछि बनेको नयाँ घरमा जिसी दम्पती सर्ने तयारीमा थिए ।

संयोगले एकसाथ जुरेको खुसियाली मनाउन यमबहादुर सपरिवार दर्शनका लागि जलजला जाँदै थिए । उता रुकुम पूर्वमा रहेका युभाका देवर बिरामी भएकाले उनको स्वास्थ्यलाभको भाकल बुझाउन पनि उनीहरू त्यसतर्फ जाँदै थिए ।

‘छोरी युभा अमेरिका जान लागेकाले परिवारमा खुसियाली छाएको थियो,’ छिमेकी मालतीले भनिन्, ‘एकैसाथ खुसी मनाउन हिँडेको परिवारको एकै चिहान हुन पुग्यो ।’

यमबहादुर र श्रीमती द्रोपदासहित छोरी युभा र उनका १० वर्षीय नाति दिव्यन बिसीले ज्यान गुमाए । त्यस्तै, जिसी दम्पतीकै बुहारी तिला विष्ट जिसी र उनका दुई छोराछोरी ७ वर्षीय जेनिस र १२ वर्षीया जेनिसाको पनि ज्यान गयो । तिलाका श्रीमान् गोविन्द जिसी पनि अमेरिकामै छन् ।

दुर्घटनामा जिसी दम्पतीकी २५ वर्षीया छोरी एलिना जिसी र उनका ७ वर्षीय छोरा संयोग जिसीले पनि ज्यान गुमाए । एलिनाका श्रीमान् अहिले इटालीमा छन् ।

नयाँ घरमा सर्न नपाउँदै अस्ताए

यमबहादुर जिसी दम्पतीले घोराहीकै रतनपुरमा भर्खरै नयाँ घर बनाएका थिए । त्यसअघि उनीहरू रतनपुरमै सानो घरमा बस्दै आएका थिए । छिमेकीका अनुसार जिसी परिवारले धेरै लामो मिहिनेतपछि त्यस क्षेत्रमा ठूलै घर हालेको थियो ।

केही दिनमा दम्पती त्यो नयाँ घरमा सर्ने तयारीमा थिए । तर नयाँ घरमा बस्न नपाउँदै बिहीबार जिसी परिवार अस्तायो ।



छिमेकी मालती थापाका अनुसार जिसी परिवार टोलकै सुखी र खुसी परिवारमा पर्थ्यो । सबैजसो छोरा–ज्वाइँ विदेशमै थिए । त्यसमाथि छोरी पनि अमेरिका जान लागेको खुसी झन् थपिएको थियो ।

उनले यो घटना आफूलाई पत्याउन मुस्किल भइरहेको बताइन् । ‘केही दिनअघि हाँस्दै–रमाउँदै गएको परिवार यसरी फर्किएला भनेर कसले सोचेको होला र ?’ उनले भनिन्, ‘सपना हो कि विपना, पत्याउन गाह्रो भइरहेको छ । यो घटनाले पूरै गाउँ शोकमग्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा शुक्रबार पहिरोले डोजर पुर्दा चालकको मृत्यु भएको छ । बेगको भिजरादेखि भजने जाने सडक निर्माणका क्रममा पहिरो खसेर रुइसे देउराली कन्ट्रक्सन प्रालिको डोजर पुरिएको हो । सोही डोजर चलाइरहेका चालक रघुगंगा गाउँपालिका–२ भगवतीका ५१ वर्षीय पदम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकको मार्ग खनिरहेको अवस्थामा मिथिबाट सुक्खा ...
। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक थान पेस्तोल, म्यागेजिन र लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–५ का २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सविना पोडे, २६ वर्षीय संसार सिटौला र ललितपुर गोदावरी नगरपालिका–११ का २६ वर्षीय सुवास शाही रहेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले राससलाई जानकारी ...
। कैलाली प्रहरीले धनगढीका विभिन्न होटलमा छापा हानेर ३० जनालाई नियन्त्रणमा लिएको छ । होटलहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा खटिएको टोलीले छापा हानेको बताइएको छ । डीएसपी तिमिल्सिनाकाअनुसार अनैतिक गतिविधि गराउदै आएको सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–१, ३, ७ र ८ मा रहेका होटलहरूमा छापा ...
। राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-२०८३ जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले मन्त्रिपरिषद्‌‌बाट सिफारिस भएर आएको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेको जानकारी दिए । सरकारले विभिन्न ८ वटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ । यसअघि सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भइसकेका छन् । अन्य अध्यादेश भने ...
। तेह्रथुमको छथर गाउँपालिकाको १६ औं गाउँ सभा तथा हिउँदे अधिवेशनले आफ्नो पालिका क्षेत्रमा अनावश्यक डोजर नचलाउन संघ सरकारलाई सुझाव दिने निर्णय गरेको छ । छथर–५ मा रहेको ऐतिहासिक तथा सांस्कृतिक स्थल ताक्लुङ्गगढीमा सम्पन्न गाउँ सभाले यस्तो निर्णय गरेको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिए । उनका अनुसार गाउँपालिका क्षेत्रमा नेपाल सरकारको आधिकारिक नापी नक्साअनुसार ...