मुख्य समाचार
जनकपुरको शल्यक्रियापश्चात महिलाको मृत्यु घटना मिलापत्रमा टुंगियो
जनकपुरको शल्यक्रियापश्चात महिलाको मृत्यु घटना मिलापत्रमा टुंगियो

। जनकपुरधामस्थित कृष्णा मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएको घटना एक लाख रुपैयाँमा मिलापत्र गरिएको छ ।

वैशाख १६ गते पित्तथैलीको शल्यक्रिया गराएकी महोत्तरीको बलवा नगरपालिका–१ बञ्चौरीकी ३६ वर्षीया रागनीदेवी पासवानको शुक्रबार बिहान मृत्यु भएको थियो । मृतक परिवारका अनुसार शल्यक्रियावापत बुझाएको ८० हजार रुपैयाँ फिर्ता गर्नुका साथै एक लाख रुपैयाँ क्षतिपूर्तिस्वरूप दिएर घटना मिलापत्र गरिएको हो ।

प्रहरी प्रशासनले अस्पताललाई नै संरक्षण गरेको आरोप लगाउँदै आफन्तजनले बाध्य भएर मिल्नु परेको बताएका छन् । मृतक परिवारको पक्षबाट भूमिका खेलेका बलवा नगरपालिका–१ का वडाध्यक्ष पप्पु ठाकुरले पनि घटना मिलापत्र भएको पुष्टि गरेका छन् ।

शल्यक्रियापछि अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै आफन्तजनले अस्पतालमा तोडफोड गरेका थिए । मृतकका ससुरा दयाराम पासवानका अनुसार ‘प्वाल पारेर’ (ल्याप्रोस्कोपिक) शल्यक्रिया गर्ने सर्तमा अस्पतालमा भर्ना गरिए पनि चिकित्सकले चिरेर शल्यक्रिया गर्दा मृत्यु भएको दाबी थियो ।

परिवारजनले घटनाको छानबिन गरी लापरबाही गर्ने चिकित्सक र अस्पताललाई कारबाही तथा क्षतिपूर्ति दिन माग गरेका थिए । दिनभर अस्पताल परिसर तनावग्रस्त बनेको थियो ।

तर, मृतक परिवार आर्थिक रूपमा कमजोर हुनु, कानुनी प्रक्रिया झन्झटिलो हुनु तथा प्रहरी प्रशासनसमेत अस्पतालकै पक्षमा देखिएको कारण अन्तत: मिलापत्र गर्न बाध्य भएको एक आफन्तले बताए ।

यता धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमले मृतक परिवार र अस्पतालबीच सहमति भएपछि घटना टुंगिएको बताए । तोडफोडपछि प्रहरीले अस्पतालमा सुरक्षा मात्र दिएको उनको भनाइ छ ।

‘हामीले मृतक परिवारलाई जाहेरी दिन आग्रह गरेका थियौं,’ उनले भने, ‘तर उहाँहरूले दिनु भएन । अस्पतालमा तोडफोड भएपछि शान्तिसुरक्षा कायम गर्नु हाम्रो दायित्व हो, त्यति मात्र गरेका हौं ।’

मृतकका ससुरा दयाराम पासवानका अनुसार गाउँकै स्वास्थ्यकर्मी राम पुकारको सल्लाहमा बुहारीलाई गत वैशाख ७ गते चेक जाँचको लागि यो अस्पतालमा ल्याइएको थियो । त्यसपछि चिकित्सक सर्जन अमरेश कर्णको सल्लाहकार बमोजिम १६ गते भर्ना गरी पित्त थैलीको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सर्जन डा. कर्णको टोलीले गरेको थियो ।

ससुरा दयारामका अनुसार एक लाख २५ हजार रुपैयाँमा अस्पतालले ल्याप्रोस्कोपी विधिबाट पेटमा प्वाल गरी पत्थरी झिक्ने कुरा भएको थियो । तर चिकित्सकले पेट चिरेर शल्यक्रिया गरेर पत्तथैलीको शल्यक्रिया गर्दा मृत्यु भएको उनको आरोप छ ।

यता शल्यक्रियामा संलग्न चिकित्सक कर्णले युटेरसमा १३.७ एमएमको पत्थरी र किडनीमा सानो पत्थरी बिरामीलाई भएको पत्ता चलेपछि परिवारजन र बिरामीको सहमतिमै पित्त थैलीको मात्र चिरुवा अप्रेसन गरेको बताए ।

शल्यक्रिया पश्चात बिरामी समान्य अवस्थामा फर्केर अचानक रक्त संचार कम भएर मृत्यु भएकोमा आफू पनि चकित भएको उनको भनाइ छ । कुनै लापरबाही नभएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फ्रान्सका स्वास्थ्य अधिकारीहरूले बिहीबार पहिलो पटक एक बिरामीमा शामोन्डा भाइरस भेटिएको पुष्टि गरेका छन्। उनीहरूले यो चरणमा सर्वसाधारणका लागि कुनै जोखिम नदेखिएको बताएका छन्। यो कीराबाट सर्ने भाइरस मुख्य रूपमा चौपाया र विशेष गरी गाईवस्तुमा लाग्छ। यो भाइरस साना कीराको टोकाइबाट सर्छ। फ्रान्स सरकारले अहिलेसम्म यसलाई मानिसमा नसर्ने भाइरस मान्दै आएको थियो। सुरुमा सङ्क्रमित भएपछि पछि ...
। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमितलाई अनावश्यक ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न ...
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम