मुख्य समाचार
छथर गाउँपालिका अधिवेशन : अनावश्यक डोजर नचलाउन संघ सरकारलाई सुझाव
छथर गाउँपालिका अधिवेशन : अनावश्यक डोजर नचलाउन संघ सरकारलाई सुझाव

। तेह्रथुमको छथर गाउँपालिकाको १६ औं गाउँ सभा तथा हिउँदे अधिवेशनले आफ्नो पालिका क्षेत्रमा अनावश्यक डोजर नचलाउन संघ सरकारलाई सुझाव दिने निर्णय गरेको छ । छथर–५ मा रहेको ऐतिहासिक तथा सांस्कृतिक स्थल ताक्लुङ्गगढीमा सम्पन्न गाउँ सभाले यस्तो निर्णय गरेको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिए ।

उनका अनुसार गाउँपालिका क्षेत्रमा नेपाल सरकारको आधिकारिक नापी नक्साअनुसार नै घर संरचना निर्माण भएका छन् । त्यसैले त्यहाँ डोजर चलाउनु आवश्यक नै नरहेको अध्यक्ष तिगेलाले बताए । उनले बस्ती संरक्षण रहेको बताउँदै अनावश्यक भौतिक हस्तक्षेप नियन्त्रण गर्न संघ सरकारलाई सुझाव दिइएको बताए ।




गाउँ सभाले शिक्षा, रोजगारी, पूर्वाधार र खानेपानी जस्ता आधारभूत क्षेत्रमा केन्द्रित विभिन्न कार्यक्रमलाई प्राथमिकता दिएको छ । यस्तै सरकारी, गैरसरकारी, वैदेशिक तथा निजी क्षेत्रका कुनै पनि ठाउँमा रोजगारीमा नरहेका गाउँवासीको तथ्याङ्क संकलन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै गाउँ सभाले २०६३ असोज ३ यता जन्मिएका र कक्षा ८ उत्तीर्ण नगरेका सबै बालबालिकालाई अनिवार्य रूपमा विद्यालय भर्ना गराउने नीति पनि निर्धारण गरेको छ ।




खानेपानी संकट समाधानका लागि गाउँ सभाले तत्कालीन र दीर्घकालीन रणनीति अघि सारेको छ । डीप बोरिङ सञ्चालनलाई निरन्तरता दिने, तमोर लिफ्टिङ योजना थालनीका लागि बजेट माग गर्ने तथा कन्सुवा र साख्मा लिफ्टिङ योजनालाई निरन्तरता दिने निर्णय भएका छन् ।

सडक पूर्वाधारतर्फ गाउँ सभाले शुक्रबारे–शनिश्चरे–हाक्पारा सडक कालोपत्रे गर्न प्रदेश सरकारसँग माग गर्ने, ओख्रे–म्याङ्लुङ, शुक्रबारे–खैरेनी, दागपा–फुलेक–वसन्तपुर, शिधुवा–आङ्दिम–शुक्रवारे, धन्कुटा–परेवादिन–फोक्चे सिरान हुँदै म्याङ्लुङ जोड्ने सडक निर्माणका लागि पनि प्रदेश सरकारसँग माग सिफारिस गर्ने निर्णय भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा शुक्रबार पहिरोले डोजर पुर्दा चालकको मृत्यु भएको छ । बेगको भिजरादेखि भजने जाने सडक निर्माणका क्रममा पहिरो खसेर रुइसे देउराली कन्ट्रक्सन प्रालिको डोजर पुरिएको हो । सोही डोजर चलाइरहेका चालक रघुगंगा गाउँपालिका–२ भगवतीका ५१ वर्षीय पदम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकको मार्ग खनिरहेको अवस्थामा मिथिबाट सुक्खा ...
। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक थान पेस्तोल, म्यागेजिन र लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–५ का २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सविना पोडे, २६ वर्षीय संसार सिटौला र ललितपुर गोदावरी नगरपालिका–११ का २६ वर्षीय सुवास शाही रहेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले राससलाई जानकारी ...
। कैलाली प्रहरीले धनगढीका विभिन्न होटलमा छापा हानेर ३० जनालाई नियन्त्रणमा लिएको छ । होटलहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा खटिएको टोलीले छापा हानेको बताइएको छ । डीएसपी तिमिल्सिनाकाअनुसार अनैतिक गतिविधि गराउदै आएको सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–१, ३, ७ र ८ मा रहेका होटलहरूमा छापा ...
। राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-२०८३ जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले मन्त्रिपरिषद्‌‌बाट सिफारिस भएर आएको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेको जानकारी दिए । सरकारले विभिन्न ८ वटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ । यसअघि सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भइसकेका छन् । अन्य अध्यादेश भने ...
। धनुषाबाट १३७ किलो गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ लक्ष्मीपुरका २६ वर्षीय गणेशकुमार यादव र ४३ वर्षीय जितेन्द्रकुमार यादव छन् । शुक्रबार बिहान साढे ४ बजेको समयमा लक्ष्मीपुरको बर्थिङ सेन्टर नजिक प्लास्टिकले बेरेर राखेको ५ (पाँच) वटा बोरामा रहेको गाँजा बरामद गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले जानकारी ...