मुख्य समाचार
सिरहा र धनुषा जोड्ने निर्माणाधीन कमलाको पुल नजिक बनाइएको अस्थायी डाइभर्सन पुन: भत्किए
सिरहा र धनुषा जोड्ने निर्माणाधीन कमलाको पुल नजिक बनाइएको अस्थायी डाइभर्सन पुन: भत्किए

। सिरहा र धनुषा जोड्ने निर्माणाधीन कमलाको पुल नजिक बनाइएको अस्थायी डाइभर्सन पुन: भत्किएको छ । डाईभर्सन भत्किँदा दुई जिल्लाबीचको आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ ।

केही दिनअघि सामान्य वर्षाले क्षति पुर्‍याएको उक्त डाइभर्सन मर्मत गरी सञ्चालनमा ल्याइएको थियो । तर बिहीबार रातिदेखि परेको वर्षाका कारण शनिबार बिहान डाइभर्सन फेरि बगेको छ ।

पुल क्षेत्रभन्दा करिब ३०० मिटर अगाडि बनाइएको माटो तथा बालुवाको अस्थायी बाँध बाढीले बगाएपछि सयौं सवारीसाधन बाटोमै अलपत्र परेका छन् भने यात्रुहरूलाई गन्तव्य पुग्न निकै समस्या भएको छ ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले निरन्तर वर्षा र कमला नदीमा पानीको बहाव बढेकाले अस्थायी संरचना क्षतिग्रस्त भएको बताए । पश्चिमतर्फ हाल पानीको बहाव उच्च रहेकाले यथार्थ अवस्था बुझ्न कठिन छ । पानीको सतह घटेपछि नगरपालिकाको जेसीबी प्रयोग गरी पुन: बाँध निर्माण गरिने उनले जान्कारी दिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक(एसपी) वासुदेव पाठकले सुरक्षाका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको जानकारी दिए । उनका अनुसार कमला नदीमा पानीको बहाव बढ्दो रहेकाले जोखिमपूर्ण अवस्था सिर्जना भएको छ ।

हुलाकी राजमार्ग प्रयोग गरी कमला हुँदै धनुषा जाने नागरिकलाई वैकल्पिक बाटो प्रयोग गर्न घटनास्थलमा चार जना नेपाल प्रहरी खटाएको उनले बताए ।

हुलाकी राजमार्गअन्तर्गत पर्ने कमला नदी पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।


२०६८ जेठमा पप्पु-लुम्बिनी जेभीसँग २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त पुल २०७१ मंसिरमै सम्पन्न हुनुपर्ने थियो । तर हालसम्म निर्माण पूरा नभएर सात पटक म्याद थप भइसकेको छ ।

निर्माणकै क्रममा २०७८ असार १७ मा आएको बाढीले पुलका दुई वटा जग भासिँदा चार वटा स्ल्याबमा क्षति पुगेको थियो । तीमध्ये सिरहातर्फका दुई स्ल्याब हटाइसकिएको छ भने धनुषातर्फका दुई स्ल्याब सुरक्षित रहेको प्राविधिक अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी बस्ती खाली गराउने कदमको विरोध भएको छ । शनिबार काठमाडौंको माइतीघरमा जेनजी सेन्टरका अभियान्ताहरूले सुकुमवासी बस्तीमा डोजर चलेको घटनाको विरोध गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड लिएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले बोकेको प्लेकार्डमा ‘सार्वजनिक जग्गा सरकारको, सुकुमवासी जनता कसको ?’, ‘बरू बाढीबाट बचियो तर ...
। जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) आगजनीबाट क्षगिग्रस्त भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । आगजनीबाट जलेर नष्ट भएका भौतिक संरचनाको पुनर्निर्माण गरिएको छ भने रंगरोगन सकिएको छ । आगजनबाट क्षति पुगेको मूल ढोका बनाउने कार्य भइरहेको छ । हस्तकलाबाट बनाइएको मूल ढोकामा त्यही प्रकृतिको बनाउन लागिएको छ । पुनर्निर्माणको क्रममा ...
। प्यूठान नगरपालिका वडा नं. १० का पदम थापा र धनबहादुर केसीबीच झण्डै १० वर्षदेखि कायम रहेको लेनदेनसम्बन्धी विवाद स्थानीय न्यायिक समितिको मेलमिलाप प्रक्रियाबाट सौहार्दपूर्ण रूपमा टुङ्गिएको छ । पहिलो मेलमिलाप सत्रमा दुवै पक्षबीच चर्काचर्की हुँदा एकअर्काको कुरा सुन्नसमेत तयार नभएका उनीहरू दोस्रो बसाइँमा भने पूर्णरूपमा मित्रवत् व्यवहार गर्दै आफैं सहमतिमा पुगे । पहिलो सत्रमा विवाद चर्किएपछि ...
। प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच शनिबार बिहान भेटवार्ता भएको हो । भेटवार्ता करिब एक घण्टा चलेको थियो । भेटवार्ताका क्रममा समसममयिक राजनीतिक विषयमा संवाद भएको सचिवालयले जनाएको छ । त्यस क्रममा आङ्देम्बेले अध्यादेशका सन्दर्भमा विपक्षी दलहरूको धारणा पनि राष्ट्रपतिलाई अवगत गराएका थिए । सरकारले विभिन्न अध्यादेशहरू जारी ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच शनिबार भेटवार्ता भएको हो । भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारीलाई सुदृढ बनाउनेबारे छलफल भएको गोरले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । साथै, उनले भेटवार्ताबारे जानकारी गराउँदै लेखेका छन्, ‘नेपालको नयाँ सरकारसँग परिवर्तनको लागि अविश्वसनीय जनादेश ...