मुख्य समाचार
थप तीन वटा अध्यादेश जारी
थप तीन वटा अध्यादेश जारी

। राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन वटा अध्यादेश जारी गरेका छन् ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, ०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३ जारी भएको हो ।




सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले थप तीन वटा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले यसअघि सहकारी, सम्पत्ति शुद्धीकरण र सार्वजिनक खरिद प्रक्रियासम्बन्धी अध्यादेश पनि जारी गरेका थिए ।
सरकारले अन्य केही अध्यादेश पनि जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संवैधानिक परिषद्सहितका अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सरकारले सिफारिस गरेको थियो ।

उक्त अध्यादेशबारे भने राष्ट्रपति पौडेलले अध्ययन गरिरहेका छन् ।

उनले केही कानुनविद्हरूलाई शीतलनिवास बोलाएर अध्यादेशमाथि छलफल पनि गरेका थिए ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार, संवैधानिक परिषद्सम्बन्धी अधयादेश भने आजको निर्णय भएको सूचीमा छैन ।

स्रोतले भन्यो, ‘शुक्रबार र शनिबार भएका निर्णयहरूमा त्यो अध्यादेश छैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउने नाममा राज्यले ‘डोजर आतंक‘ मच्चाइरहेको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता आङ्देम्बेले अव्यवस्थित बस्ती हटाउने नाममा गरिएको डोजर आतङ्कका कारण मानिसको ज्यानसमेत गएको बताए । राज्य आतङ्कको पर्याय बन्न नहुनेमा जोड दिँदै उनले सरकारलाई अभिभावकजस्तो बन्न ...
। त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. धनश्याम भट्टराईले राजीनामा दिएका छन् । शनिबार आफूले पदबाट राजीनामा दिएको भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । ‘आज राजीनामा दिएको छु,’ उनले भने । त्रिभुवन विश्वविद्यालयका तत्कालीन कुलपतिसमेत रहेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिवि सेवा आयोगको अध्यक्षमा भट्टराईलाई नियुक्त गरेका थिए । बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले पुर्ववर्ती सरकारका पालामा भएका ...
। हुम्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना वडा सदस्य पक्राउ परेका छन् । ६३ वर्षीय मक्कबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो । रोकाया खार्पुनाथ गाउँपालिकाका सदस्य एवं वडा सदस्य हुन् । भरूवा बन्दुक १ थान, फलामको रडको गोली १२ थान, ढुंगाको गोली ७ थानसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । ११० ...
। सरकारले उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी बस्ती खाली गराउने कदमको विरोध भएको छ । शनिबार काठमाडौंको माइतीघरमा जेनजी सेन्टरका अभियान्ताहरूले सुकुमवासी बस्तीमा डोजर चलेको घटनाको विरोध गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड लिएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले बोकेको प्लेकार्डमा ‘सार्वजनिक जग्गा सरकारको, सुकुमवासी जनता कसको ?’, ‘बरू बाढीबाट बचियो तर ...
। जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) आगजनीबाट क्षगिग्रस्त भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । आगजनीबाट जलेर नष्ट भएका भौतिक संरचनाको पुनर्निर्माण गरिएको छ भने रंगरोगन सकिएको छ । आगजनबाट क्षति पुगेको मूल ढोका बनाउने कार्य भइरहेको छ । हस्तकलाबाट बनाइएको मूल ढोकामा त्यही प्रकृतिको बनाउन लागिएको छ । पुनर्निर्माणको क्रममा ...