मुख्य समाचार
सरकार निर्वाचित सर्वसत्तावादको बाटोमा हिँडेको आरोप
सरकार निर्वाचित सर्वसत्तावादको बाटोमा हिँडेको आरोप

। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकार निर्वाचित सर्वसत्तावादको बाटोमा हिँडेको आरोप लगाएका छन् । शनिबार जिल्ला समन्वय समितिको जिम्मेवारी विषयक कार्यक्रममा बोल्दै ज्ञवालीले १०० दिनभित्र नबोल्ने चाहना हुँदाहुँदै पनि सरकारका गतिविधिले केही कुरा भन्नैपर्ने अवस्था आएको भन्दै यस्तो बताएका हुन् ।

‘केही कुरा नभनी नहुने, रेकर्ड नगराइ नहुने, त्यसका बारेमा समाजलाई सचेत नगराइ नहुने स्थिति सिर्जना भएको छ,’ नेता ज्ञवालीले भने, ‘सरकार कसरी हिँड्न चाहिरहेको छ, उसको हिँडाइले हाम्रो आगामी दिन कस्तो देख्छौं भन्दा चारपाँच तस्वीरहरू धमिलोधमिलो गरी आकार लिन थालेको देखिन्छ ।’
सरकारको काम गराइको अवस्था हेर्दा विस्तारै नेपाली जनताले लामो समय संघर्ष गरेर हासिल गरेका लोकतान्त्रिक अधिकारहरू संकुचनमा पर्ने जोखिम देखापर्नथालेको उनले बताए ।

यसैक्रममा ०२१ मा पञ्चायतसँग नेपाली जनताले खोसेर ल्याएको सबैभन्दा पहिलो अधिकार स्वतन्त्र विद्यार्थी युनियनको अधिकार रहेको उनले स्मरण गराए । ‘दलहरू प्रतिबन्धित थिए, नेताहरू जेलमा हुनुहुन्थ्यो, तर विद्यार्थीले स्वतन्त्र विद्यार्थी युनियनको अधिकार २०२१ सालमा खोसेर ल्याएको अधिकार हो । आज त्यो कटौती गर्ने घोषणा गरिएको छ,’ ज्ञवालीले भने ।




यस्तै ट्रेड युनियन अधिकार नेपालको संविधानले दिएको अधिकार रहेको उनले बताए । उनले भने, ‘होलान् ट्रेड युनियनमा विकृति, होला विद्यार्थी संगठनमा विकृति, विकृति दलमै पनि त छन् । दलमा विकृति छन् भनेर हामी दलविहीन व्यवस्थाको कल्पना गर्छौं र ?’ तत्कालीन राजा महेन्द्र शाहले २०१७ सालमा त्यही गरेको उनले स्मरण गराए ।

यस्तै स्वतन्त्र मिडियाहरू बलियो नहोउन् भन्न का लागि उनीहरूलाई दिइरहेका विज्ञापनमा नियन्त्रण गरिएको उनले बताए । ‘यसमा करिब करिब निषेध । सामाजिक सञ्जालमा त्यस्तै । त्यहाँ स्वस्थ बहस नहोस् भन्नका लागि एउटा संगठित जमात तयार पारेर अलिकति फरक विचार आयो कि बुलिङ गरेर दुर्व्यवहार गर्ने तहसम्मको स्थिति,’ उनले भने ।

यी गतिबिधि निर्वाचित सर्वसत्तावादतिरको संकेत रहेको उनले टिप्पणी गरे । उनले भने, ‘निर्वाचित सर्वसत्तावाद, निर्वाचित अलोकतान्त्रिक रेजिमतिर जाँदैछौं कि भन्ने प्रारम्भिक अवस्थाले देखाइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउने नाममा राज्यले ‘डोजर आतंक‘ मच्चाइरहेको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता आङ्देम्बेले अव्यवस्थित बस्ती हटाउने नाममा गरिएको डोजर आतङ्कका कारण मानिसको ज्यानसमेत गएको बताए । राज्य आतङ्कको पर्याय बन्न नहुनेमा जोड दिँदै उनले सरकारलाई अभिभावकजस्तो बन्न ...
। त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. धनश्याम भट्टराईले राजीनामा दिएका छन् । शनिबार आफूले पदबाट राजीनामा दिएको भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । ‘आज राजीनामा दिएको छु,’ उनले भने । त्रिभुवन विश्वविद्यालयका तत्कालीन कुलपतिसमेत रहेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिवि सेवा आयोगको अध्यक्षमा भट्टराईलाई नियुक्त गरेका थिए । बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले पुर्ववर्ती सरकारका पालामा भएका ...
। हुम्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना वडा सदस्य पक्राउ परेका छन् । ६३ वर्षीय मक्कबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो । रोकाया खार्पुनाथ गाउँपालिकाका सदस्य एवं वडा सदस्य हुन् । भरूवा बन्दुक १ थान, फलामको रडको गोली १२ थान, ढुंगाको गोली ७ थानसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । ११० ...
। सरकारले उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी बस्ती खाली गराउने कदमको विरोध भएको छ । शनिबार काठमाडौंको माइतीघरमा जेनजी सेन्टरका अभियान्ताहरूले सुकुमवासी बस्तीमा डोजर चलेको घटनाको विरोध गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड लिएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले बोकेको प्लेकार्डमा ‘सार्वजनिक जग्गा सरकारको, सुकुमवासी जनता कसको ?’, ‘बरू बाढीबाट बचियो तर ...
। जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) आगजनीबाट क्षगिग्रस्त भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । आगजनीबाट जलेर नष्ट भएका भौतिक संरचनाको पुनर्निर्माण गरिएको छ भने रंगरोगन सकिएको छ । आगजनबाट क्षति पुगेको मूल ढोका बनाउने कार्य भइरहेको छ । हस्तकलाबाट बनाइएको मूल ढोकामा त्यही प्रकृतिको बनाउन लागिएको छ । पुनर्निर्माणको क्रममा ...