मुख्य समाचार
आफ्नो पार्टी जिल्ला समन्वय समिति चाहिन्छ भन्ने मान्यता राख्ने
आफ्नो पार्टी जिल्ला समन्वय समिति चाहिन्छ भन्ने मान्यता राख्ने

। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले आफ्नो पार्टी जिल्ला समन्वय समिति चाहिन्छ भन्ने मान्यता राख्ने बताएका छन् । शनिबार जिल्ला समन्वय समितिका जिम्मेवारी विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले समन्यायिक विकास र स्रोतको कार्यान्वयनको विषयको प्रभावकारी अनुगमन गर्ने निकायका रूपमा जिल्ला समन्वय समिति चाहिने बताएका हुन् ।

‘जिल्ला समन्वय समिति चाहिन्छ कि चाहिँदैन भन्ने कुरामा दलका हिसाबले नेकपा एमाले यो चाहिन्छ र प्रभावकारी हुनुपर्दछ भन्ने ठान्छ,’ ज्ञवालीले भने ।

आफूले यसो भन्दा ‘सत्तामा हुँदा केही केही नगरेको’ भन्ने आरोप आएको पनि उनले बताए । ‘स्थानीय सरकार सञ्चालन ऐन आकाशबाट त्यत्तिकै असिना बर्सेजस्तो झरेको हो ? संघ, प्रदेश र स्थानीय तह अन्तर्सम्बन्ध र समन्वय ऐन त्यत्तिकै त आएन होला नि ?,’ उनले प्रश्न गर्दै भने, ‘पर्याप्त भएन भन्नुस् न । सत्तामा रहुञ्जेल सुतिरहनुभयो, अहिले आएर दु:ख बिसाउनुभयो भन्ने किसिमको बहसले निष्कर्ष निस्किदैन ।’

जिल्ला समन्वय समिति चाहिन्छ भन्दा दुइटा कुरा महत्त्वपूर्ण रहेको उनले बताए । ‘किनभने यसले विकासको सन्तुलनको कुरा गर्छ । त्यो सन्तुलन हेर्ने निकाय सम्भवत: संविधानले परिकल्पना गरेको यो मात्रै होला जस्तो लाग्छ,’ उनले भने । दोस्रो कुरा अनुगमनको रहेको उनले बताए ।

सुशासन, आयोजना कार्यान्वयन, प्राकृतिक स्रोत, सीमाका समस्याको अनुमगन गर्ने निकाय नै जिल्ला समन्वय समिति रहेको उनले बताए ।

‘यदि यसो हो भने समन्यायिक र क्षेत्रीय सन्तुलनसहितको विकासको निम्ति सिफारिस गर्ने एक अथोरिटीका रूपमा र आएका कार्यक्रमको कार्यान्वयन ठीक ढंगले भयो कि भएन भन्ने अनुगमन गर्ने र बदमासी भए दण्डसजाय सिफारिस गर्ने निकायको अधिकारसहितको जिल्ला समन्वय समिति जरुरी छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले राष्ट्रिय सभा र जिल्ला समन्वय समितिलाई राजनीतिक दलहरूले जगेडा समूह जस्तो बनाएको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चुनाव हारेका र वर्षौँ अवसर नपाएकाहरूलाई थन्काउने थलोका रूपमा यी संस्थाहरूको दुरुपयोग भइरहेको बताए । ‘राजनीतिमा राष्ट्रिय सभालाई जगेडा समूहका रूपमा परिणत गरिएको छ,’ नेता घिमिरेले भने, ‘वर्षौं ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको गौरवशाली इतिहास, मूल्यमान्यता र पुराना नेताहरूको योगदानलाई संस्थागत रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार नेता दमन पाख्रिनको जीवनीमा आधारित पुस्तक विमोचन तथा स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले समाजमा स्थापित गर्न खोजिएको ‘पुरानो हुनु भनेको खराब हुनु हो’ भन्ने भाष्य राष्ट्र र समाजका लागि घातक हुने बताए ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था १० वर्षअघिको भारतको अवस्थासँग मिल्दोजुल्दो रहेको उल्लेख गर्दै अब नेपालले आर्थिक छलाङ मार्ने बेला आएको बताएका छन् । बाह्रखरी मिडियाद्वारा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले सन् २०१४ मा भारतको प्रतिव्यक्ति आम्दानी १ हजार ५ सय डलर रहेको र हाल नेपाल पनि सोही बिन्दुमा रहेकाले यो नेपालका ...
। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउने नाममा राज्यले ‘डोजर आतंक‘ मच्चाइरहेको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता आङ्देम्बेले अव्यवस्थित बस्ती हटाउने नाममा गरिएको डोजर आतङ्कका कारण मानिसको ज्यानसमेत गएको बताए । राज्य आतङ्कको पर्याय बन्न नहुनेमा जोड दिँदै उनले सरकारलाई अभिभावकजस्तो बन्न ...
। त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. धनश्याम भट्टराईले राजीनामा दिएका छन् । शनिबार आफूले पदबाट राजीनामा दिएको भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । ‘आज राजीनामा दिएको छु,’ उनले भने । त्रिभुवन विश्वविद्यालयका तत्कालीन कुलपतिसमेत रहेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिवि सेवा आयोगको अध्यक्षमा भट्टराईलाई नियुक्त गरेका थिए । बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले पुर्ववर्ती सरकारका पालामा भएका ...