मुख्य समाचार
च्याटबोटको ‘मिठो बोली’ले भ्रामक कुरा फैलाउने अध्ययनको खुलासा
च्याटबोटको ‘मिठो बोली’ले भ्रामक कुरा फैलाउने अध्ययनको खुलासा

। अक्सफोर्ड विश्वविद्यालयको अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटले हालै सार्वजनिक गरेको एक अध्ययनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबोटहरूको बढ्दो लोकप्रियतासँगै एउटा गम्भीर जोखिमलाई सतहमा ल्याएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार, च्याटबोटहरूलाई जति धेरै मिलनसार, न्यानो र सहानुभूतिपूर्ण बनाउने कोसिस गरिन्छ, तिनीहरूले त्यति नै धेरै गल्ती गर्ने र प्रयोगकर्ताका गलत एवं भ्रामक धारणालाई समर्थन गर्ने सम्भावना बढेर जान्छ ।

‘नेचर’ जर्नलमा प्रकाशित यस प्रतिवेदनले प्रविधि कम्पनीहरूले आफ्ना एआई मोडललाई बढी मानवीय बनाउन गरिरहेको होडबाजीले अन्ततः सत्यतथ्यलाई ओझेलमा पार्ने र समाजमा ‘कन्स्पिरेसी थ्योरी’ (षडयन्त्रका सिद्धान्त) लाई मलजल गर्ने चेतावनी दिएको छ ।

अनुसन्धानका क्रममा वैज्ञानिकहरूले जब च्याटबोटहरूलाई निकै नम्र र ‘स्वीट’ शैलीमा बोल्ने गरी प्रोग्राम गरे, तब तिनीहरूको शुद्धतामा ३० प्रतिशतले ह्रास आएको पाइयो। साथै, यी ‘मिठा’ च्याटबोटहरूले प्रयोगकर्ताका गलत विश्वासहरूलाई समर्थन गर्ने सम्भावना ४० प्रतिशत बढी देखियो।

उदाहरणका लागि, जब च्याटबोटलाई एडोल्फ हिटलर सन् १९४५ मा अर्जेन्टिना भागेको वा अमेरिकाको अपोलो मुन ल्यान्डिङ (चन्द्रमामा मानिस पुगेको घटना) झुटो रहेको जस्ता भ्रमपूर्ण कुराहरू सोधियो, मिलनसार च्याटबोटहरूले त्यसलाई ठाडै अस्वीकार गर्नुको साटो ‘विभिन्न मानिसका फरक मत हुन सक्ने’ भन्दै भ्रमलाई नै प्रश्रय दिए। तर यस प्रोग्रामबाट मुक्त एआई मोडलहरूले यस्ता कुरालाई स्पष्ट रूपमा गलत भन्दै ऐतिहासिक तथ्यको रक्षा गरेका थिए ।

यो समस्या केवल ऐतिहासिक तथ्यहरूमा मात्र सीमित छैन । यसले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा समेत गम्भीर खतरा निम्त्याएको छ। अध्ययनका क्रममा एउटा मिलनसार च्याटबोटले मुटुको अट्याक हुँदा ‘खोकेर बच्न सकिन्छ’ भन्ने इन्टरनेटको खतरनाक र प्रमाणित नभएको मिथकलाई समेत उपयोगी प्राथमिक उपचार भन्दै सिफारिस गर्‍यो ।

अनुसन्धानकर्ता लुजैन इब्राहिमका अनुसार मानिससँग बढी नजिक हुन र सहानुभूति देखाउन खोज्दा च्याटबोटहरूले कडा सत्य बोल्ने साहस गुमाउँछन् र प्रयोगकर्तालाई खुसी बनाउन ‘हो मा हो’ मिलाउन थाल्छन् ।

विशेष गरी प्रयोगकर्ताले आफू दु:खी वा एक्लो भएको संकेत दिँदा यस्ता च्याटबोटहरूले अझ बढी भ्रमपूर्ण कुरामा सहमति जनाउने गरेको पाइएको छ ।

यस अध्ययनले ओपनएआई, मेडलगायतका ठूला प्रविधि कम्पनीहरूका लागि ठूलो चुनौती खडा गरिदिएको छ। मानिसहरूले अहिले च्याटबोटलाई केवल सूचनाको स्रोत मात्र नभई डिजिटल साथी, थेरापिस्ट र सल्लाहकारका रूपमा प्रयोग गर्न थालेका छन् ।

यस्तो अवस्थामा च्याटबोटको मिठो बोलीले प्रयोगकर्तालाई भ्रमको दलदलमा फसाउन सक्ने जोखिम उच्च रहन्छ । कार्नेगी मेलन विश्वविद्यालयका डा. स्टिभ राथजेका अनुसार च्याटबोटलाई एकैसाथ सही र मिलनसार बनाउनु नै अबको एआई विकासको सबैभन्दा कठिन परीक्षा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र फाइभजी मोबाइल सेवा सुरु गर्ने तयारीलाई अघि बढाउन मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई चरणबद्ध कार्ययोजना तयार गरी पेश गर्न निर्देशन दिएको छ । साथै देशभर फोरजी सेवाको विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवाको समग्र स्तर उकास्न आठ बुँदे निर्देशन जारी गरिएको छ । प्राधिकरणले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार दूरसञ्चार ऐन, ...
। मेटाको एउटा एआई मोडलले साइबर सुरक्षा टेस्टको क्रममा अर्को कम्पनीको सिस्टम ह्याक गरेको छ। एन्थ्रोपिक र ओपनएआईमा भएका यस्तै घटनापछि मेटाको यो घटनाले एआई प्रणालीको नियन्त्रणबारे चिन्ता बढाएको छ। इररेगुलर नामक स्वतन्त्र कम्पनीले मेटाका लागि साइबर सुरक्षा मूल्याङ्कन गर्ने गर्छ। इररेगुलरको कन्फिगरेसन त्रुटिका कारण मेटाको एआई मोडलले इन्टरनेटमा पहुँच पाएको थियो। मेटाले एक विज्ञप्तिमा भनेको छ, ...
। एक प्रयोगकर्ताले बाल यौन शोषण सामग्री सेयर गरेपछि एप्पलले आफ्नो एप स्टोरबाट टेलिग्रामलाई केही समयका लागि हटाएको छ। टेलिग्रामले मङ्गलबार यो जानकारी दिएको हो। टेलिग्रामले उक्त सामग्री हटाएर सम्बन्धित प्रयोगकर्तालाई प्रतिबन्ध लगाएपछि एप स्टोरमा टेलिग्राम पुनः उपलब्ध भएको छ। एप्पलका प्रवक्ताले यो कुराको पुष्टि गरेका छन्। एप हटाउने र पुनः राख्ने काम एकै दिनमा भएको ...
। माइक्रोसफ्टले होटलका वाइफाइ नेटवर्क प्रयोग गर्दा सावधानी अपनाउन चेतावनी दिएको छ। रुस समर्थित ह्याकरहरूले होटल तथा सार्वजनिक ठाउँका वाइफाइ नेटवर्कलाई निसाना बनाइरहेका छन्। माइक्रोसफ्ट थ्रेट इन्टेलिजन्सका अनुसार यो आक्रमणमा ‘स्टोर्म-२९४५’ नामको ह्याकिङ समूह संलग्न छ। ह्याकरहरूले होटेल, विमानस्थल वा सम्मेलन हुने ठाउँका वाइफाइमा लगइन गर्दा देखिने ‘क्याप्टिभ पोर्टल’को दुरुपयोग गरिरहेका छन्। प्रयोगकर्ताहरू वाइफाइमा कनेक्ट हुन ...
गुगलले गुगल हेल्थ एपको नयाँ ५.०५ भर्सन सार्वजनिक गरेको छ। यो अपडेट आईओएस र एन्ड्रोइड दुवै प्रयोगकर्ताका लागि उपलब्ध हुन थालेको छ। विगतका केही हप्तामा आएका चार ठूला अपडेटपछि यो नयाँ अपडेट आएको हो। यस अपडेटले आईओएस प्रयोगकर्ताका लागि विशेष सुविधा ल्याएको छ। अब गुगल हेल्थको डेटा एप्पल हेल्थ एपमा शेयर गर्न सकिन्छ। जस्तै फिटबिट एयरबाट रेकर्ड ...