मुख्य समाचार
अस्कर अवार्डका नियम र योग्यता मापदण्डमा महत्वपूर्ण परिवर्तन
अस्कर अवार्डका नियम र योग्यता मापदण्डमा महत्वपूर्ण परिवर्तन

। एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेसले अस्कर अवार्डका नियम र योग्यता मापदण्डमा महत्वपूर्ण परिवर्तन गरेको छ । झन्डै सय वर्षको इतिहासमा यी परिवर्तनलाई सबैभन्दा ठूला निर्णयमध्ये एक मानिएको छ ।

अभिनय विधामा ठूलो बदलाव
अबदेखि अभिनयतर्फ- मुख्य र सहायक दुवै विधामा एउटै कलाकारका एकभन्दा बढी प्रस्तुति एउटै वर्षमा मनोनयनमा पर्न सक्ने भएका छन् । यदि ती प्रस्तुति शीर्ष पाँचभित्र पर्छन् भने सबै मनोनयन योग्य हुनेछन् ।

यसको अर्थ, यदि लियोनार्दो डिक्याप्रियोले एउटै वर्षमा दुई उत्कृष्ट मुख्य भूमिका निर्वाह गरे भने, दुवैका लागि ‘बेस्ट एक्टर’मा मनोनयन सम्भव छ । पहिले भने, एउटै कलाकारका धेरै प्रस्तुति शीर्ष पाँचमा परे पनि सबैभन्दा बढी मत पाएको एउटा मात्र योग्य मानिन्थ्यो ।
अब यो नियम हटाएर अन्य श्रेणीझैं बनाइएको छ । उदाहरणका लागि, सन् २००० मा स्टिभन सोडरबर्ग ‘एरिन ब्रकोभिच’ र ‘ट्राफिक’ दुवैका लागि निर्देशनतर्फ मनोनयनमा परेका थिए र ‘ट्राफिक’बाट जितेका थिए । अब यस्तो अवस्था अभिनयतर्फ पनि सम्भव हुने भएको छ ।

अन्तर्राष्ट्रिय फिल्ममा नयाँ बाटो

अन्तर्राष्ट्रिय फिल्म (पहिले ‘फरेन ल्याङ्ग्वेज फिल्म’) श्रेणीमा पनि ठूलो परिवर्तन गरिएको छ । अब फिल्म अस्करका लागि पठाउने दुई तरिका हुनेछन् ।

पहिलो, पहिलेझैं देश वा क्षेत्रले आधिकारिक रूपमा छनोट गरेर पठाउने । दोस्रो, कुनै अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रमुख पुरस्कार जितेपछि पनि सिधै मनोनयनका लागि योग्य हुने ।

यस वर्षका लागि मान्य महोत्सवमा बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सव (गोल्डेन बियर), कान्स फिल्म महोत्सव (पाल्मे ड’ओर), सनडान्स फिल्म महोत्सव (वल्र्ड सिनेमा ग्रान्ड जुरी पुरस्कार), टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सव (प्लाटफर्म अवार्ड), भेनिस अन्तर्राष्ट्रिय फिल्म महोत्सव (गोल्डेन लायन) लगायत छन् ।

यसअघि ‘एनाटोमी अफ अ फल’ जस्तो फिल्म, जसले कान्समा ठूलो पुरस्कार जिते पनि देशले नपठाए मनोनयन पाउँदैनथ्यो । अब भने यस्तो फिल्म पनि योग्य हुनेछ ।

फिल्मलाई नै श्रेय, निर्देशकको नाम पनि

अब अन्तर्राष्ट्रिय फिल्म श्रेणीमा देश होइन, फिल्मलाई नै मनोनित गरिनेछ । अवार्ड निर्देशकले पूरै टिमको तर्फबाट ग्रहण गर्नेछन्, र अब ट्रफीमा निर्देशकको नाम पनि उल्लेख हुनेछ । यसअघि यस्तो व्यवस्था थिएन, र निर्देशकको अस्कर गणनामा पनि यो श्रेणी जोडिँदैनथ्यो ।

एआईबारे स्पष्ट नीति

एकेडेमीले पहिलो पटक एआईको प्रयोगबारे पनि स्पष्ट नियम ल्याएको छ । अभिनय श्रेणीमा ‘मानिसले वास्तविक रूपमा निर्वाह गरेको’ भूमिका मात्र योग्य हुनेछ । लेखनतर्फ पनि मानवद्वारा लेखिएको स्क्रिनप्ले मात्र मान्य हुनेछ ।

अन्य प्रमुख परिवर्तन

अभिनयमा फिल्मको आधिकारिक क्रेडिटमा उल्लेख भएका र कलाकारको सहमतिमा गरिएको भूमिका मात्र योग्य हुने

कास्टिङ श्रेणीमा अवार्ड संख्या अधिकतम २ बाट बढाएर ३

सिनेमाटोग्राफीमा प्रारम्भिक सूची २० फिल्मसम्म

मेकअप तथा हेयरस्टाइलिङमा मतदान गर्न अन्तिम बैठकमा सहभागिता अनिवार्य

ओरिजिनल गीतमा अन्तिम क्रेडिटमा प्रयोगबारे स्पष्ट नियम

भिजुअल इफेक्ट्समा अन्तिम मतदानअघि अनिवार्य भिडियो हेर्नुपर्ने

लेखनतर्फ मानवले लेखेको स्क्रिनप्ले मात्र मान्य

अब के असर पर्छ ?

यी परिवर्तनले अस्करको प्रतिस्पर्धा र संरचनामा ठूलो असर पार्ने देखिन्छ । विशेष गरी अभिनय श्रेणीमा एउटै कलाकारका धेरै मनोनयन देखिन सक्नेछन् भने अन्तर्राष्ट्रिय फिल्मतर्फ विश्वका उत्कृष्ट फिल्मले थप अवसर पाउनेछन् ।

आगामी ९९औँ एकेडेमी अवार्ड (मार्च १४) मा यी नियमको प्रभाव कस्तो देखिन्छ भन्ने सबैको चासोको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...
: सगरमाथा आरोहणका क्रममा गरिने साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङकङको हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा विशेष प्रदर्शन गरिएको छ। खचाखच दर्शकको उपस्थितिमा सम्पन्न विशेष प्रदर्शनमा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, अमेरिकी, इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शकहरूको सहभागिता थियो। सगरमाथालाई ...