मुख्य समाचार
राष्ट्रिय सभा र जिल्ला समन्वय समितिलाई राजनीतिक दलहरूले जगेडा समूह जस्तो बनाएको आरोप
राष्ट्रिय सभा र जिल्ला समन्वय समितिलाई राजनीतिक दलहरूले जगेडा समूह जस्तो बनाएको आरोप

। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले राष्ट्रिय सभा र जिल्ला समन्वय समितिलाई राजनीतिक दलहरूले जगेडा समूह जस्तो बनाएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चुनाव हारेका र वर्षौँ अवसर नपाएकाहरूलाई थन्काउने थलोका रूपमा यी संस्थाहरूको दुरुपयोग भइरहेको बताए ।

‘राजनीतिमा राष्ट्रिय सभालाई जगेडा समूहका रूपमा परिणत गरिएको छ,’ नेता घिमिरेले भने, ‘वर्षौं केही अवसर पाएनन्, चुनाव लड्दा–लड्दा हारे, पार्टीमा पनि कुनै भूमिका पाएनन् भने राष्ट्रिय सभामा लगेर थन्काइदिने प्रवृत्ति हाबी भयो । यसले संस्थाको गरिमा र प्रतिष्ठालाई अवमूल्यन गरिदिएको छ ।‘ अपवादबाहेक राष्ट्रिय सभामा योग्य प्रतिनिधि पठाउन राजनीतिक दलहरू असफल भएको उनको भनाइ छ ।

महामन्त्री घिमिरेका अनुसार लामो समयसम्म राजनीतिक अवसर नपाएका वा चुनावमा पराजित भएका व्यक्तिहरूलाई राष्ट्रिय सभामा पठाउने प्रवृत्तिले यसको गरिमा, प्रतिष्ठा र प्रभावकारिता कमजोर बनाएको छ । वर्षौँ अवसर नपाएका व्यक्तिहरूलाई लगेर थन्काइदिने अभ्यासले संस्थाको भूमिकालाई नै अवमूल्यन गरेको उनले बताए ।

राष्ट्रिय सभाले आफ्नो कामै गर्न नसक्ने गरी पात्रहरू चयन गर्ने अवस्था बनेको भन्दै उनले राजनीतिक दलहरूले सही प्रतिनिधित्व गराउन नसकेको गुनासो गरे ।

जिल्ला समन्वय समिति (जिसस) पनि यस्तै प्रवृत्तिको सिकार भएको घिमिरेको आरोप छ । स्थानीय वा प्रदेश तहका प्रमुख पदमा अवसर नपाएका व्यक्तिहरूलाई जिससमा पठाएर व्यवस्थापन गर्ने चलन बढेको उनले उल्लेख गरे ।

‘जिल्ला समन्वय समितिलाई पनि अतिरिक्त समूहजस्तो बनाइएको छ । मेयर पाएन, गाउँपालिका अध्यक्ष पाएन, प्रदेश सभा सदस्य पाएन वा सांसद पद पाएन भने लगेर थन्काइदिने थलो बनेको छ,’ उनले भने, ”लौ बाबु गरी खाऊ, त्यहाँ बस, गाडी चढ, अलि–अलि पैसा पनि पाउँछौँ‘ भनेर जिम्मेवारीको भारी बोकाइदिने काम मात्र भयो ।‘

घिमिरेले जिल्ला समन्वय समितिलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिए । संविधानमा जिम्मेवारी तोकिए पनि पर्याप्त अधिकार र स्रोत नदिँदा यस्ता संस्थाहरू प्रभावकारी बन्न नसकेको उनको भनाइ छ ।

‘संविधान संशोधनमार्फत जिल्ला समन्वय समितिलाई अधिकार र साधनस्रोत सम्पन्न बनाएर अगाडि बढ्न सके मात्र यसको औचित्य रहन्छ, नत्र रहँदैन,’ उनले भने । राज्यका संस्थाहरूलाई बलियो र प्रभावकारी बनाउन सबै राजनीतिक दलहरू गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। खोटाङमा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमहादुर राई र ४० वर्षका मनीकुमार राईको भिरबाट लडेर मृत्यु भएको हो । शनिबार दिउँसो दुवै जनाको स्थानीय ढकालेखोला भिरबाट खसेर घटनास्थलमै मृत्यु भएको बराहपोखरी–५ वडाध्यक्ष फौदराज राईले बताए । शुक्रबार बमबहादुर गोठालो गएका बेला घाँस काट्न लाग्दा खुकुरी हराएका थिए । ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको गौरवशाली इतिहास, मूल्यमान्यता र पुराना नेताहरूको योगदानलाई संस्थागत रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार नेता दमन पाख्रिनको जीवनीमा आधारित पुस्तक विमोचन तथा स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले समाजमा स्थापित गर्न खोजिएको ‘पुरानो हुनु भनेको खराब हुनु हो’ भन्ने भाष्य राष्ट्र र समाजका लागि घातक हुने बताए ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था १० वर्षअघिको भारतको अवस्थासँग मिल्दोजुल्दो रहेको उल्लेख गर्दै अब नेपालले आर्थिक छलाङ मार्ने बेला आएको बताएका छन् । बाह्रखरी मिडियाद्वारा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले सन् २०१४ मा भारतको प्रतिव्यक्ति आम्दानी १ हजार ५ सय डलर रहेको र हाल नेपाल पनि सोही बिन्दुमा रहेकाले यो नेपालका ...
। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउने नाममा राज्यले ‘डोजर आतंक‘ मच्चाइरहेको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता आङ्देम्बेले अव्यवस्थित बस्ती हटाउने नाममा गरिएको डोजर आतङ्कका कारण मानिसको ज्यानसमेत गएको बताए । राज्य आतङ्कको पर्याय बन्न नहुनेमा जोड दिँदै उनले सरकारलाई अभिभावकजस्तो बन्न ...
। त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. धनश्याम भट्टराईले राजीनामा दिएका छन् । शनिबार आफूले पदबाट राजीनामा दिएको भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । ‘आज राजीनामा दिएको छु,’ उनले भने । त्रिभुवन विश्वविद्यालयका तत्कालीन कुलपतिसमेत रहेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिवि सेवा आयोगको अध्यक्षमा भट्टराईलाई नियुक्त गरेका थिए । बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले पुर्ववर्ती सरकारका पालामा भएका ...