मुख्य समाचार
परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

: परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। बिहीबार साँझ तीन दिने नेपाल भ्रमणमा आएका गोरले शुक्रबार परराष्ट्रमन्त्री खनालसँग भेटेका हुन्।

उनीहरूबीच लगानी र व्यापारका सम्बन्धमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तै नेपाल-अमेरिका सम्बन्धलाई अझ सुदृढ पार्ने विषयमा छलफल भएको थियो।

भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोर दक्षिण तथा मध्य एसियाका लागि अमेरिकाका विशेष दूत पनि हुन्। उनी शनिबार भारत फर्किनेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सल्यानमा भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो मात्रामा विस्फोटक पदार्थ फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानको कम्पाउण्डभित्र नयाँ भवन निर्माणका लागि जग खन्ने क्रममा पुराना बम तथा बम बनाउने सामग्री भेटिएको हो। प्रहरीका अनुसार उत्खननका क्रममा ८२ वटा सकेट बम, ३ वटा सुतली बम, १ बोतल बम, ७ थान रेडियो वेभ, करिब ५०० ...
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । नेकपाले आउँदो मंसिर ११–१५ गते काठमाडौंमा हुने गरी एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो । नेकपाले सार्वजनिक गरेको कार्यतालिका अनुसार आउँदो असार र साउन मसान्तसम्म पार्टी सदस्यता नविकरण र नयाँ सदस्यता वितरण, भदौं १५ गतेसम्म वडा तहका अधिवेशनहरु सम्पन्न ...
: राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै विभिन्न समयमा राजनीतिक नियुक्त पाएकाहरू पदमुक्त हुने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कूल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा ...
: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार परीक्षा सञ्चालन गर्न अहिले अनियमित भएका परीक्षालाई सञ्चालन गरिरहेको कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले बताए। अहिले अनियमित भएका शैक्षिक पात्रोलाई सुर्धानका लागि महिनामा तीनदेखि चार प्रकारका परीक्षा लिइरहेका उनको भनाइ छ। ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ । आज बिहान सभापति लामिछानेको निजी निवासमा लामिछाने भेटवार्ता भएको गोरले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिए। उनका अनुसार भेटमा सभापति लामिछानेसँग संयुक्त राज्य अमेरिका–नेपाल साझेदारीलाई सुदृढ पार्ने विषयमा छलफल भएको ...