मुख्य समाचार
इरानले अमेरिकासँग वार्ताका लागि पाकिस्तानमार्फत नयाँ प्रस्ताव
इरानले अमेरिकासँग वार्ताका लागि पाकिस्तानमार्फत नयाँ प्रस्ताव

: इरानले अमेरिकासँग वार्ताका लागि पाकिस्तानमार्फत नयाँ प्रस्ताव पठाएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने इरानको यस नयाँ प्रस्तावबाट सन्तुष्ट छैनन् । ‘युद्धविरामका कारण इरानविरुद्धको ‘अभियान समाप्त’ भएको तर युद्ध जारी राख्न आफूलाई अमेरिकी कांग्रेसको स्वीकृति आवश्यक नपर्ने बताएका छन्।

हाउस स्पीकर माइक जोन्सन र कार्यवाहक सीनेट अध्यक्ष चक ग्रास्लीलाई लेखेको पत्रमा ट्रम्पले भनेका छन्, ‘७ अप्रिल २०२६ पछि अमेरिकी र इरानी सेनाबीच कुनै गोलीबारी भएको छैन । २८ फेब्रुअरी २०२६ मा सुरु भएको शत्रुता समाप्त भएको छ ।’ तर यो नयाँ भनाइ ट्रम्पले केही घण्टा अघि दिएका अभिव्यक्तिसँग मेल खाँदैन, जहाँ उनले अमेरिका इरानको मुद्दाबाट ‘चाँडै पछि नहट्ने’ बताएका थिए ।

यसबीच, इरानका विदेश मन्त्री अब्बास अराघचीले युद्धका कारण अमेरिकालाई १०० अर्ब डलरको नोक्सानी भएको दावी गरेका छन् । तर पेन्टागनका अधिकारीहरूले २९ अप्रिलमा अमेरिकी कांग्रेसमा दिएको जानकारी अनुसार, इरानसँगको युद्धमा अमेरिकाले करिब २५ अर्ब डलर खर्च गरेको छ ।



इरान र अमेरिका–इजरायलबीच करिब पाँच हप्ता चलेको युद्धका क्रममा दुई हप्ताको युद्धविराम गरिएको थियो, जसको म्याद पहिले २२ अप्रिलसम्म थियो र पछि फेरि थपिएको थियो । युद्ध अन्त्य गर्न पाकिस्तानको मध्यस्थतामा एक पटक वार्ता भइसकेको छ, तर त्यो असफल भएको थियो । दोस्रो चरणको वार्ताका लागि न इरानले न त ट्रम्पले आफ्ना दूतहरू पाकिस्तान पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानको पेशावरमा एउटा निजी विद्यालयको छाना भत्किँदा ३४ जनाको मृत्यु भएको छ। मृत्यु हनेमा एक शिक्षक र ३३ जना विद्यार्थी रहेको लेडी रेडिङ अस्पतालले पुष्टि गरेको छ। प्रहरीले उक्त विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको जनाएको छ। उक्त निजी विद्यालय शैक्षिक गुठीका रूपमा सञ्चालित हुँदै आएको बताइएको छ। दिर कोलोनीस्थित अल–खैर विद्यालयमा स्थानीय समयानुसार बिहीबार बिहान ८ः४८ ...
। इन्डोनेसियामा डढेलो तीव्र बन्दै जाँदा त्यसबाट फैलिएको धुवाँ र तुवाँलोले दक्षिणपूर्वी एसियाका विभिन्न देश प्रभावित भएका छन् । सिंगापुरमा वायु प्रदूषण यस वर्षकै उच्च बिन्दुमा पुगेको छ भने पूर्वी टिमोरले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । रोयटर्सका अनुसार बुधबार सिंगापुरको पश्चिमी क्षेत्रमा एक घण्टाको पीएम २.५ मापन २८४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको ...
यमनमा चर्किंदो द्वन्द्वका कारण ८ लाख मानिस जीवनरक्षक खाद्य सहायताबाट वञ्चित भएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले चेतावनी दिएको छ । युद्धका अग्रपंक्ति निरन्तर परिवर्तन हुनु, सडक अवरुद्ध हुनु र सुरक्षा अवस्था बिग्रिनुले प्रमुख क्षेत्रमा राहत सामग्री पुर्‍याउन कठिन भएको कार्यक्रमले जनाएको छ । डब्लूएफपीका अनुसार यमनको तेस्रो ठूलो सहर ताइजमा संकट सबैभन्दा गम्भीर ...
: माल्दिभ्सले विभिन्न विदेशी लगानी जोड्ने नियम कडा बनाएकाे छ । व्यवस्था अनुसार निर्माण, घरगा , लेखापरीक्षण र सूचना प्रविधि निश्चित विदेशी लगानीका लागि २५ प्रतिशत स्थानीय स्वामित्व छ। केही व्यवसाय भने माल्दिभियन नागरिकका लागि मात्र सुरक्षित छ। आर्थिक विकास, यातायात तथा व्यापार मिनि मोहम्मद सइदका अनुसार १५ अमेरिकी डलर मूल्य निर्माण परियोजना र १०० मिल ...
: अमेरिकाको विस्कन्सिन राज्यमा 'पाइपर PA 46' (Piper PA 46) मोडलको साना फिक्स-विङ विमान दुर्घटना हुँदा एक बच्चासहित ६ जनाको मृत्यु भएको छ। केनोसाबाट मेनोमोनीतर्फ गइरहेको उक्त विमान डेलोना क्षेत्रस्थित जंगलमा मंगलबार राति दुर्घटनामा परेको हो। सोक काउन्टी शेरिफको कार्यालयका अनुसार राति करिब ९:३० बजे डेलोना शहरको पार्क लेन उत्तर र हर्विग रोड पश्चिम क्षेत्रमा विमान खसेको ...