मुख्य समाचार
राजनीतिक नियुक्ति खारेज गर्न ११० कानुन संशोधन, १५ सय ३४ पदमुक्त हुँदै
राजनीतिक नियुक्ति खारेज गर्न ११० कानुन संशोधन, १५ सय ३४ पदमुक्त हुँदै

। राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार दिउँसो तीन वटा अध्यादेश जारी गरेका छन् ।

जारी भएकामध्येको एक चासोको केन्द्रमा रहेको अध्यादेश हो– सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ।

अध्यादेशमा १ सय १० वटा कानुनमा भएका विषयवस्तुहरूलाई समावेश गरेर राजनीतिक प्रकृतिका नियुक्तिलाई टुंग्याउन र पदमुक्त गर्ने व्यवस्था थपिएको छ ।

उच्च सरकारी सम्बद्ध स्रोतका अनुसार, यो अध्यादेशमार्फत सरकारले विभिन्न १ सय १० वटा कानुन संशोधन गर्दै १५ सय ३४ जनाको राजनीतिक नियुक्ति लिएका सार्वजनिक पदाधिकारीहरूको पदमुक्त हुने व्यवस्था गरिएको स्रोतले जानकारी दियो ।

‘१ सय १० वटा कानुन छ । त्यो कानुन संशोधन हुँदा १५ सय भन्दा बढी राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरूको पदावधि सकिनेगरी व्यवस्था राखेर ऐन संशोधन भएको छ,’ राष्ट्रपति कार्यालय सम्बद्ध स्रोतले भन्यो ।

स्रोतका अनुसार, सार्वजनिक संस्थान, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिभिजन, प्रेस काउन्सिल लगायतका संस्था र विभिन्न नियमक निकायहरूमा नियुक्त भएका पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी व्यवस्था अध्यादेशमा छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पठाएका अध्यादेशमध्ये दुई वटामा विशेष चासो र सरोकार राखेका थिए । संवैधानिक परिषद्सहित आज जारी भएको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमा उनको चासो थियो ।

उनले कानुनविद्हरूलाई बोलाएरै यसबारे छलफल पनि गरेका थिए ।

सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउनका लागि कानुन संशोधन गरिएको सरकारी अधिकारीहरूले बताएका छन् ।

सरकारले विशेष व्यवस्थासहितको यो अध्यादेशको तयारी गरेसँगै राजनीतिक नियुक्ति लिएका विभिन्न संस्था एवं विश्वविद्यालयका पदाधिकारीहरूले धमाधम राजीनामा समेत दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले देशभरका सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर खाली गराउने अभियान सुरु गरेपछि सुनसरीको धरान उपमहानगरपालिकामा सुकुम्बासीहरूले प्रदर्शन गरेका छन् । आफ्ना बासस्थान जोगाउन माग गर्दै हजारौँ सुकुम्बासीहरू सडकमा उत्रिएपछि धरानको मुख्य बजार क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो । nullप्रदर्शनकारीहरू छाता चोकमा भेला भई सरकारविरुद्ध चर्का नाराबाजी गर्दै विरोध जनाएका थिए । विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर ...
: सल्यानमा भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो मात्रामा विस्फोटक पदार्थ फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानको कम्पाउण्डभित्र नयाँ भवन निर्माणका लागि जग खन्ने क्रममा पुराना बम तथा बम बनाउने सामग्री भेटिएको हो। प्रहरीका अनुसार उत्खननका क्रममा ८२ वटा सकेट बम, ३ वटा सुतली बम, १ बोतल बम, ७ थान रेडियो वेभ, करिब ५०० ...
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । नेकपाले आउँदो मंसिर ११–१५ गते काठमाडौंमा हुने गरी एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो । नेकपाले सार्वजनिक गरेको कार्यतालिका अनुसार आउँदो असार र साउन मसान्तसम्म पार्टी सदस्यता नविकरण र नयाँ सदस्यता वितरण, भदौं १५ गतेसम्म वडा तहका अधिवेशनहरु सम्पन्न ...
: राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै विभिन्न समयमा राजनीतिक नियुक्त पाएकाहरू पदमुक्त हुने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कूल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा ...
: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार परीक्षा सञ्चालन गर्न अहिले अनियमित भएका परीक्षालाई सञ्चालन गरिरहेको कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले बताए। अहिले अनियमित भएका शैक्षिक पात्रोलाई सुर्धानका लागि महिनामा तीनदेखि चार प्रकारका परीक्षा लिइरहेका उनको भनाइ छ। ...