: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ । आज बिहान सभापति लामिछानेको निजी निवासमा लामिछाने भेटवार्ता भएको गोरले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिए।
उनका अनुसार भेटमा सभापति लामिछानेसँग संयुक्त राज्य अमेरिका–नेपाल साझेदारीलाई सुदृढ पार्ने विषयमा छलफल भएको छ। नेपालमा नयाँ सरकारले परिवर्तनका लागि उल्लेखनीय जनादेश पाएको र सुधारहरू अत्यन्तै आशाजनक रहेको उनले बताए। उनले आगामी दिनमा नजिकबाट सहकार्य गर्न अमेरिका उत्साहित रहेको उल्लेख गरेका छन्।
बिहीबार नेपाल आएका उनले शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरेका थिए।