मुख्य समाचार
उद्योगी–व्यवसायीलाई नडराउन र नआत्तिन आग्रह
उद्योगी–व्यवसायीलाई नडराउन र नआत्तिन आग्रह

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई नडराउन र नआत्तिन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ,नेपाल चेम्बर अफ कमर्शलगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्दै लामिछानेले रास्वपा र वर्तमान सरकारप्रति सशङ्कित नहुन आग्रह गरेका हुन्।

'निजीक्षेत्र सशङ्कित भएको,अलि डराएको जस्तो देखेर नै मैले तपाईंहरूसँग छलफल गर्न चाहेको हुँ । तपाईंहरू डराउनुपर्ने वा आत्तिनुपर्ने कुनै कारण छैन,'उनले भने,' हामी व्यवसायीहरूलाई कुनै खालको दुःख दिन चाहँदैनौँ।'

उनले केही व्यवसायी तथा पात्रहरूले देशको अर्थतन्त्र नै आफ्नो मुठ्ठीमा नियन्त्रण गर्ने गरी अघि बढेका कारणले सरकार निर्मम भएर लाग्नु परेको स्पष्ट पारे। सभापति लामिछानेले वास्तविक अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको समस्या सम्बोधन गर्नुपर्ने र त्यसको ‘रोडम्याप’ रास्वपाले बनाइसकेको जिकिर गरे। उनले समस्या सम्बोधनका लागि उद्योगी–व्यवसायीहरूले आफ्नो घर र पार्टी कार्यालय धाउनै नपर्ने पनि स्पष्ट पारे।



उनले भने,'तपाईंले मलाई र पार्टी कार्यालयलाई देख्नु पर्दैन,टेक्नु पर्दैन । हामी तपाईंहरूको समस्या सहजै सम्बोधन गर्न चाहन्छौं। पहिला तपाईंहरूले फरक खालको प्रयोग र अनुभव लिनुभयो होला, सहभागी हुनु पनि भयो होला,तर हामी फरक ढङ्गबाट देखिने गरी परिवर्तन महसुस गराउन चाहन्छौँ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन व्यवसायीहरू निष्पक्षतामा बढी विश्वास राख्ने बताएकी छन्। बाह्रखरी मिडियाले गोकर्ण गल्फ कोर्समा शनिबार् आयोजना गरेको कार्यक्रममा उनले गल्फमा अझ बढी अनुशासन र निष्पक्षता देखिएको बताइन्। 'कानुन व्यवसायी र न्यायाधीश भएको नाताले हामीले सधैं निष्पक्षताको कुरा उठाउँदै आएका छौं। जहाँ पनि 'फेयरनेस'को कुरा गर्छौं। तर, गल्फ कोर्समा पाइला टेक्दा सबैभन्दा ...
: सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका परिवारले भोग्दै आएका कानुनी तथा व्यावहारिक जटिलताहरूलाई तत्काल सम्बोधन गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । बेपत्ताका परिवारमाथि राज्यले निरन्तर मानसिक यातना थोपरिरहेको ठहर गर्दै अदालतले विद्यमान विरोधाभासपूर्ण कानुनहरू संशोधन गर्न र आवश्यक नयाँ नियमहरू तर्जुमा गर्न स्पष्ट निर्देशन दिएको हो । न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरि ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने सदस्यको मापदण्ड निर्धारण गरेको छ। आगामी स्थानीय तह निर्वाचनमा रास्वपाको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लब र लिडरशिप एकेडमीबाट उत्तीर्ण हुनुपर्ने छ।
: युद्धविराम उल्लंघनबीच दक्षिण लेबनानमा आक्रमणले पुन मध्यपूर्व फेरि एक पटक अस्थिरताको चक्रमा फसिरहेको छ । दक्षिण लेबनानमा हालै भएका इजरायली हवाई आक्रमणहरूले युद्धविरामको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएका छन् । शनिबार बिहानदेखि भएका आक्रमणमा कम्तीमा ६ जनाको ज्यान गएको र दर्जनौं घाइते भएको विवरण सार्वजनिक भएको छ । आवासीय क्षेत्रमै लक्षित आक्रमण हुँदा सर्वसाधारण नागरिक प्रत्यक्ष ...
: राष्ट्रिय खेलकुद परिषद (राखेप) मा राजनीतिक नियुक्ति लिएका २० जना राखेप सदस्यहरु पदमुक्त हुने भएका छन् । अघिल्लो सरकारको पालामा राजनीतिक नियुक्ति पाएका २० सदस्य पदमुक्त हुने भएका हुन् । तेजुलाल चौधरी र बब्लु गुप्ता मन्त्री भएका बेला नियुक्त भएका सदस्यहरु वर्तमान सरकारले जारी गरेको अध्यायदेशको आधारमा पदमुक्त हुने भएका हुन् । सार्वजनिक पदाधिकारीको ...