मुख्य समाचार
साउदी अरब नेपाली श्रमिकहरूको प्रमुख गन्तव्यका रूपमा दशकौंदेखि स्थापित
साउदी अरब नेपाली श्रमिकहरूको प्रमुख गन्तव्यका रूपमा दशकौंदेखि स्थापित

: साउदी अरब नेपाली श्रमिकहरूको प्रमुख गन्तव्यका रूपमा दशकौंदेखि स्थापित रहँदै आएको छ। यहाँ करिब ४ लाख नेपाली कार्यरत रहेको अनुमान गरिएको छ तर समयसँगै यहाँको नेपाली समुदायको स्वरूप परिवर्तन हुँदै गएको छ। नेपाली केवल श्रमिकमा सीमित छैनन्, उनीहरू व्यवसायी, लगानीकर्ता र व्यवस्थापकका रूपमा पनि उदाउँदैछन्। यो परिवर्तनले केवल व्यक्तिगत उन्नतिलाई मात्र होइन, समग्र नेपाली समुदायको आत्मनिर्भरता र पहिचानलाई नयाँ उचाइमा पुर्‍याएको छ।

साउदीमा अब नेपालीह श्रमबाट व्यवसायतर्फ विस्तारिँदो पहुँच, चुनौती र अवसरको संगमसमेत बनेको अवस्था छ। रेस्टुरेन्ट, कार्गो, ट्राभल्स र रिटेल व्यवसायजस्ता परम्परागत क्षेत्रमा नेपालीको उपस्थिति पहिले नै बलियो थियो तर अहिले कन्सट्रक्सन, लजिस्टिक र ट्रान्सपोर्टेसन जस्ता पुँजी गहन क्षेत्रमा समेत नेपालीले आफ्नो उपस्थिति विस्तार गरिरहेका छन्। अझ पछिल्ला वर्षहरूमा मोबाइल पसल तथा इलेक्ट्रोनिक्स व्यवसायमा समेत नेपालीको सक्रियता बढेको देखिन्छ, जसले व्यावसायिक विविधीकरणको संकेतसमेत गर्दछ।

मोबाइल पसलहरू नेपाली उद्यमीका लागि नयाँ तर प्रभावकारी क्षेत्रको रूपमा स्थापित हुँदैछन्। स्मार्टफोन, एक्सेसरी, मर्मत सेवा तथा रिचार्ज सेवाको माग साउदी बजारमा निरन्तर बढिरहेको छ। नेपालीले सञ्चालन गरेका पसलहरूले विशेषगरी श्रमिक समुदायलाई लक्षित गर्दै सस्तो, सहज र विश्वासिलो सेवा उपलब्ध गराइरहेका छन्। आफ्नै भाषामा पाउने सुविधा र ग्राहकसँगको आत्मीय सम्बन्धले यी व्यवसायहरूलाई लोकप्रिय बनाएको छ।



तर, व्यवसाय सुरु गर्नु जति चुनौतीपूर्ण छ, त्यसलाई निरन्तर सफलतापूर्वक सञ्चालन गर्नु अझ कठिन छ। साउदी अरबको कडा कानुनी संरचना र नियमन प्रणालीले व्यवसाय सञ्चालनलाई जटिल बनाउने गर्दछ। लाइसेन्स, कर प्रणाली, श्रम कानुन र प्रशासनिक प्रक्रियाको पूर्ण ज्ञानबिना व्यवसाय अघि बढाउनु जोखिमपूर्ण हुने देखिन्छ भने सानो त्रुटिले पनि ठूलो आर्थिक क्षति वा कानुनी समस्या निम्त्याउने अवस्था छ।

साउदी अरबमा व्यवसायीसँगै साउदीकरण नीति विदेशी व्यवसायीका लागि अर्को ठूलो चुनौतीको विषयसमेत रहेको छ। स्थानीय नागरिकलाई प्राथमिकता दिने यो नीतिले मानव संसाधन व्यवस्थापनमा दबाब सिर्जना गरेको छ। कर्मचारी नियुक्ति, तलब संरचना र नियम पालनाले व्यवसाय सञ्चालन खर्च बढाउने गरेको छ भने विशेषगरी साना व्यवसायीका लागि यो चुनौती अझ गम्भीर बन्ने गरेको छ।

पुँजी व्यवस्थापनको अभाव पनि धेरै नेपाली व्यवसायीको साझा समस्या हो। प्रारम्भिक लगानी, भाडा, स्टक व्यवस्थापन, दैनिक खर्च र अप्रत्याशित जोखिमहरूले आर्थिक दबाब बढाउँछ भने विशेषगरी मोबाइल तथा इलेक्ट्रोनिक्स क्षेत्रमा नयाँ प्रविधि र उत्पादनसँग अपडेट रहन थप लगानी आवश्यक हुन्छ।

भाषा र सांस्कृतिक अन्तरले पनि व्यवसाय सञ्चालनमा प्रभाव पारेको देखिन्छ। अरबी भाषाको अभाव, स्थानीय व्यापारिक संस्कृतिको बुझाइ नहुनु र प्रशासनिक प्रक्रियामा पहुँचको कमीले धेरैलाई समस्यामा पार्ने गरेको छ। स्थानीय बजारको मनोविज्ञान नबुझी व्यवसाय सञ्चालन गर्दा ग्राहक आकर्षणमा कमी आउन सक्ने अवस्था पनि छ। यता, प्रतिस्पर्धा पनि तीव्र छ। अन्तर्राष्ट्रिय ब्रान्ड, स्थापित कम्पनी र अन्य विदेशी व्यवसायीहरूको बीचमा आफ्नो स्थान सुरक्षित राख्न नेपाली व्यवसायीले निरन्तर गुणस्तर सुधार, सेवा विस्तार र नवीन सोच अपनाउनु अनिवार्य भएको छ।

चुनौतीहरूको बीचमा अवसरहरू अझ व्यापक छन्। साउदी अरबको ‘भिजन २०३०’ ले निजी क्षेत्र, प्रविधि, पूर्वाधार र सेवामुखी उद्योगहरूमा तीव्र विकासको ढोका खोलेको छ। विदेशी लगानीलाई प्रोत्साहन गर्ने नीति र बजारको विस्तारले नयाँ व्यावसायिक सम्भावनाहरू सिर्जना गरेको छ भने कन्स्ट्रक्सन, लोजिस्टिक र ट्रान्सपोर्टेसन क्षेत्रमा दीर्घकालीन अवसरहरू स्पष्ट देखिन्छन्। ठूला परियोजनाहरू, सहरीकरण र औद्योगिक विस्तारले यी क्षेत्रलाई स्थायी रूपमा चलायमान बनाएको छ। साथै, डिजिटल प्रविधिको प्रयोग अनलाइन सेवा, डिजिटल पेमेन्ट, सोसल मिडिया मार्केटिङले साना व्यवसायलाई पनि प्रतिस्पर्धी बनाउने क्षमता राखेको छ।

समूहगत लगानी र साझेदारीको अवधारणा नेपाली व्यवसायीका लागि प्रभावकारी विकल्प हुन सक्छ। पुँजी, अनुभव र जोखिमलाई साझा गर्दै अघि बढ्दा व्यवसायलाई दीर्घकालीन स्थायित्व दिन सकिन्छ। यसले ठूलो परियोजनामा प्रवेश गर्ने सम्भावनालाई पनि सहज बनाउँछ। यस सन्दर्भमा नेपाली दूतावास, व्यावसायिक संघसंस्था र समुदायको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। व्यवसायसम्बन्धी तालिम, कानुनी परामर्श, नेटवर्किङ र सहजीकरणका कार्यक्रमहरूले नेपाली उद्यमशीलतालाई थप सुदृढ बनाउन सक्छ। साथै, नेपाल सरकारको तर्फबाट पनि वैदेशिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको देखिन्छ।

समग्रमा, साउदी अरबमा नेपालीको यात्रा श्रमबाट सुरु भएर उद्यमशीलताको नयाँ चरणमा प्रवेश गरिसकेको छ। रेस्टुरेन्टदेखि मोबाइल पसल, कन्सट्रक्सनदेखि ट्रान्सपोर्टेसनसम्म फैलिएको यो विस्तार नेपालीको क्षमता, आत्मविश्वास र सम्भावनाको प्रमाण हो भने चुनौतीहरू जटिल छन् तर अवसरहरू अझ विशाल रहेका छन्। अब आवश्यकता छ, सही योजना, कानुनी सचेतना, प्रविधिको उपयोग र सहकार्यको भावना। यदि यी पक्षहरूलाई सन्तुलित रूपमा अघि बढाउन सकियो भने, साउदी अरब नेपाली उद्यमीका लागि केवल रोजगारीको थलो मात्र नभई दिगो व्यावसायिक भविष्य निर्माण गर्ने उर्वर भूमि बन्न सक्ने अवस्था देखिन्छ। साथै यो केवल व्यवसायको कथा नभई यसलाई नेपालीको संघर्ष, परिवर्तन र सफलताको नयाँ अध्यायका रूपमा समेत हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विदेशमा रहेका नेपाली कामदारको पहिलो मासिक आम्दानी ५४ हजार ४०३ रुपैयाँ बराबर रहेको सरकारी सर्वेक्षणले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को प्राविधिक सहयोगमा नेपालमा पहिलो पटक आप्रवासी भर्ना लागत सर्वेक्षण २०२३ सञ्चालन गरेको हो । सो सर्वेक्षणको नतिजा कार्यालयले मंगलबार सार्वजनिक गरेको हो । सर्वेक्षणमा विदेश पुगेर नेपाल फर्किएका आप्रवासी कामदारसँग ...
: साउदी अरब सरकारले ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले साउदी अरब सरकारको यस निर्णयप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा यो कदम नेपाल र साउदी अरबबीचको लामो समयदेखिको मित्रता, सद्भाव र सौहार्दपूर्ण ...
: साउदी अरब सरकारले ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले साउदी अरब सरकारको यस निर्णयप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा यो कदम नेपाल र साउदी अरबबीचको लामो समयदेखिको मित्रता, सद्भाव र सौहार्दपूर्ण ...
: दक्षिण कोरियामा पछिल्लो एक महिनाको अवधिमा तीन नेपालीले विभिन्न घटनामा ज्यान गुमाएका छन् । २०८३ जेठ १५ देखि असार १३ सम्मको अवधिमा तीन जनाको मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुर स्थायी घर भएका प्रकाश राई र ओखलढुंगाको मोलुङ गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षीय गणेश थापाको सवारी दुर्घटनामा ...
। कतारको रास लाफान औद्योगिक क्षेत्रस्थित बरजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा घाइते भएका पाँच नेपालीमध्ये तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । आइतबार राति भएको विस्फोट र त्यसपछिको आगलागीमा १३ जनाको मृत्यु हुनुका साथै ६६ जना श्रमिक घाइते भएका थिए । मृत्यु हुनेमध्ये १२ जना भारतीय र एक जना पाकिस्तानी नागरिक रहेका छन् । परराष्ट्र ...