मुख्य समाचार
राजनीतिक नियुक्ति लिएका २० जना राखेप सदस्यहरु पदमुक्त हुने
राजनीतिक नियुक्ति लिएका २० जना राखेप सदस्यहरु पदमुक्त हुने

: राष्ट्रिय खेलकुद परिषद (राखेप) मा राजनीतिक नियुक्ति लिएका २० जना राखेप सदस्यहरु पदमुक्त हुने भएका छन् । अघिल्लो सरकारको पालामा राजनीतिक नियुक्ति पाएका २० सदस्य पदमुक्त हुने भएका हुन् ।

तेजुलाल चौधरी र बब्लु गुप्ता मन्त्री भएका बेला नियुक्त भएका सदस्यहरु वर्तमान सरकारले जारी गरेको अध्यायदेशको आधारमा पदमुक्त हुने भएका हुन् । सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३ को आधारमा पदाधिकारी पदमुक्त हुने भएका हुन् ।

उपाध्यक्ष ध्रुव आचार्यले भने यसअघि नै राजीनामा दिएका थिए । हाल राजनीतिक नियुक्तिमा हुने सदस्य सचिवको पद भने कर्मचारीको रुपमा कार्यरत रामचरित्र मेहताले सम्हालिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे आफूले बुझेर मात्र प्रतिक्रिया दिने बताएका छन्। सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अध्यादेश फिर्ताका सम्बन्धमा भर्खरै जानकारी पाएकाले बुझ्नै बाँकी रहेको बताए। 'तपाईंले भनेपछि अध्यादेश फिर्ता भएको थाहा पाएँ। यसबारे बुझ्छु। बुझेपछि प्रतिक्रिया दिन्छु,' उनले भने। राष्ट्रपति पौडेलले आइतबार संवैधानिक ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफू नेतृत्वको सरकारलाई आगामी चैत मसान्तसम्ममा सुकुम्बासीहरुको व्यवस्थापन गर्न सुझाव दिएको छ। पार्टी कार्यालयमा आइतबार बसेको रास्वपा सचिवालय बैठकले अधिकार सम्पन्न प्राधिकरण गठन गरेर अव्यवस्थित र सुकुम्बासी समस्या समाधान गर्न सरकारलाई सुझाव दिएको हो । रास्वपाले उक्त प्राधिकरणले अव्यवस्थित र सुकुम्बासीहरूको पहिचान गर्ने, लगत संकलन गर्ने र आगामी चैत मसान्तसम्म ...
: बोक्सीको आरोपमा रौतहटको कटहरिया नगरपालिकाकी पूर्व वडा सदस्य महिलालाई मानव मलमुत्र खुवाइएको घटना बाहिरिएको छ । छिमेकीको घरमा जन्ती आएका एक बालकलाई जादू टुना गरेको आरोपमा कटहरिया–९ कि दलित समुदायकी पूर्व वडा सदस्य ५५ बर्षीया अंकलियादेवी मुसहरिनलाई शनिबार साँझ केही स्थानीयले बलपूर्वक मानव मलमुत्र खुवाएको घटना सार्वजनिक भएको हो । डुमरिया मुसहरी टोलमा पीडितको ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिकार सम्पन्न प्राधिकरण गठन गरेर अव्यवस्थित र सुकुम्बासी समस्या समाधान गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ। पार्टी कार्यालयमा आइतबार बसेको रास्वपाको सचिवालय बैठकले उक्त सुझाव दिने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार उक्त प्राधिकरणले अव्यवस्थित र सुकुम्बासीहरूको पहिचान गर्ने, लगत संकलन गर्ने र आगामी चैत मसान्तसम्म कम्तीमा ...
: नेकपा (एमाले) ले सम्पूर्ण सदस्यता प्रक्रिया अनलाइन प्रणालीमार्फत मात्र गर्ने भएको छ। आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यता सम्बन्धी डेमो बैठकमा पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ। पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेताहरू तथा जनसंगठनका प्रतिनिधिहरूको उपस्थितिमा संगठन विभागले प्रस्तुत गरेको सदस्यता व्यवस्थापनसम्बन्धी डेमो (प्रदर्शनात्मक) बैठकमा प्रस्तावित प्रणाली र कार्यान्वयन मोडेलबारे ...