मुख्य समाचार
इन्धन संकटका कारण अमेरिकाको ‘स्पिरिट एयरलाइन्स’ को सेवा बन्द भएपछि यात्रुहरु अलपत्र
इन्धन संकटका कारण अमेरिकाको ‘स्पिरिट एयरलाइन्स’ को सेवा बन्द भएपछि यात्रुहरु अलपत्र

: इन्धन संकटका कारण अमेरिकाको ‘स्पिरिट एयरलाइन्स’ को सेवा बन्द भएपछि यात्रुहरु अलपत्र परेका छन् । शनिबार छुट मूल्यको सेवा दिने स्पिरिट एयरलाइन्सले अचानक सञ्चालन बन्द गरेपछि अलपत्र परेका यात्रुहरू र प्रभावित कर्मचारीहरूको अवस्थालाई सम्हाल्न अमेरिकी एयरलाइन्स र सरकारी अधिकारीहरूबीच खिचातानी भएको छ । सस्तो उडान सेवा दिने उक्त कम्पनीको पतनबारे राजनीतिक र व्यावसायिक आरोप–प्रत्यारोप पनि सुरु भयो ।

‘यदि तपाईंको स्पिरिट एयरलाइन्ससँग उडान तय भएको छ भने विमानस्थल नजानुहोस्; यहाँ तपाईंलाई सहयोग गर्ने कोही हुने छैन’, अमेरिकी यातायात सचिव सिन डफीले चेतावनी दिए । उनले फ्लोरिडामा आधारित कम्पनीसँग टिकट लिएका ग्राहकहरूले कसरी फिर्ता रकम पाउने वा अन्य एयरलाइन्समा सहुलियत दरमा टिकट लिन सक्ने उपायहरू पनि बताएका छन् ।

शनिबार देशभरका विमानस्थलहरूमा स्पिरिटका चेक–इन काउन्टरहरू खाली देखिएका थिए । कम्पनीले मध्यरातपछि सञ्चालन बन्द गरेको र आफ्नो वेबसाइटमा ३४ वर्षको उडानपछि ‘तुरुन्तै प्रभावकारी हुने गरी व्यवस्थित रूपमा सेवा बन्द गर्ने प्रक्रिया सुरु गरिएको’ जनाएको थियो । ओरलान्डो अन्तर्राष्ट्रिय विमानस्थलमा रातभर डिजिटल प्रस्थान बोर्डमा स्पिरिटका उडानहरू रद्द भएको संकेत दिने रातो सूचनाहरू भरिएका थिए । अन्तिम उडान टेक्सासको डलासमा मध्यरातपछि अवतरण गरेसँगै आकाशमा स्पिरिटका पहेंलो रंगका विमानहरू देखिन छाडेका थिए । सरकारी उद्धारको प्रयास असफल भएपछि कम्पनी व्यवस्थापनले यही अन्तिम निर्णय गरेको हो ।

स्पिरिटका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डेभ डेविसले यात्रुहरूलाई यसरी अलपत्र पार्ने आफूहरुको उद्देश्य नभएको बताएका छन् । ‘हामीले यहाँ रहने छैनौँ भन्ने सोचेर टिकट बेचेनौं’, उनले भने । ‘हामीले आवश्यक वित्तीय सहयोग प्राप्त गर्नेछौँ भन्ने विश्वास गरेका थियौं ।’ यसबीच राजनीतिक आरोप–प्रत्यारोप पनि चर्किएको छ ।

यातायात सचिव डफीले इरानसँगको युद्धका कारण जेट इन्धनको मूल्य बढ्नु नै कम्पनीको पतनको कारण नभएको बताए । उनका अनुसार कम्पनी पहिलेदेखि नै गम्भीर आर्थिक समस्यामा थियो । रिपब्लिकन पक्षले भने बाइडेन प्रशासनतर्फ औंला उठाएको छ । सरकारले स्पिरिटलाई जेटब्लूसँग ३.८ अर्ब डलरमा बेच्ने प्रस्तावको विरोध गरेको थियो, जसले हवाई भाडा बढ्न सक्ने भन्दै २०२४ मा संघीय अदालतले उक्त सम्झौता रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचन र त्यसको एक हप्तापछि हुने अमेरिकी मध्यअवधि चुनाव अघि इरानमाथि संयुक्त रूपमा नयाँ र ठूलो सैन्य कारबाही सुरु गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफल भएको खुलासा भएको छ। एक्सियोसले उच्चस्तरीय अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो । अधिकारीहरूका अनुसार, ...
। चिनियाँ औद्योगीकरणको अत्यधिक उत्पादन (ओवरक्यापासिटी) र तीव्र निर्यातले युरोपेली बजार र उद्योगमा पारेको सङ्कट रोक्न युरोपेली सङ्घले नयाँ रणनीति अघि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी कर बढाउने नीतिको सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप ) तोक्दै ‘चाइना शक २.०’ को सामना गर्ने बाटो रोजेको छ। यसै क्रममा युरोपेली सङ्घ र चीनबिच ...
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...