मुख्य समाचार
युद्धका कारण इरानमा मूल्यवृद्धि आकासिँदै
युद्धका कारण इरानमा मूल्यवृद्धि आकासिँदै

: इरानमा युद्धका कारण मूल्यहरू तीव्र रूपमा आकासिँएको छ । अमेरिका र इजरायलसँगको युद्धका कारण अर्थतन्त्रमा गम्भीर क्षति पुग्दा लाखौं रोजगारी गुमेको र रोकिएका छन् । खाद्यान्न, औषधि, गाडी, विद्युतीय उपकरण र पेट्रोकेमिकल उत्पादनलगायतका धेरै वस्तुहरूका लागि इरानीहरूले अघिल्लो हप्ताको तुलनामा यो शनिबार धेरै बढी मूल्य तिर्नुपरेको छ ।

इरानको पूर्वाधारमा भएको बमबारी, अमेरिकी प्रतिबन्ध र नौसैनिक नाकाबन्दी, साथै तेहरानका अधिकारीहरूले लागू गरेको लगभग पूर्ण इन्टरनेट बन्द (अहिले ६४ दिन पुगेको) जस्ता कारणहरूको मिश्रणले ९० मिलियनभन्दा बढी जनसंख्या भएको देशको अर्थतन्त्रलाई गम्भीर रूपमा असर गरिरहेको छ ।
राष्ट्रिय मुद्रा रियालको मूल्य खुला बजारमा अमेरिकी डलरको तुलनामा घटेर १८ लाख ४० हजार पुगेको छ, जुन अहिलेसम्मकै न्यूनतम हो । बजार अस्थिर भएकाले मुद्रा कारोबार पनि निकै कम भएको छ ।



यस्तै अवस्था अन्य बजारहरूमा पनि देखिएको छ, जहाँ विक्रेता र ग्राहकहरू दुबै अनिश्चिततामा छन् । अवस्था अझ कति बिग्रिन सक्छ भन्ने र नयाँ सामान आउँछ कि आउँदैन चिन्ता छ । आपूर्ति घट्दा र रोकिन्दा, केही व्यापारीहरूले असाधारण रुपमा मूल्य बढाइरहेका छन्, जुन इरानले दशकौँदेखि सामना गर्दै आएको उच्च मुद्रास्फीति अवधिभन्दा पनि बढी छ ।

अमेरिकामा १,२०० डलर पर्ने २५६ जीबी आइफोन १७ प्रो म्याक्स तेहरानका केही पसलहरूमा झण्डै ५ अर्ब रियाल (२,७५० डलर) मा बिक्रीका लागि राखिएको छ, भने केहीले त बिक्री गर्नै अस्वीकार गरेका छन् । फ्रेन्च यात्रु कार प्युजो २०६, जुन अहिले इरानमै उत्पादन हुन्छ र निकै लोकप्रिय छ, यसको मूल्य ३० अर्ब रियाल (१६,५०० डलर) पुगेको छ । आयातित गाडीहरू झन् दुर्लभ भएका छन् र तिनीहरूको मूल्य छिमेकी बजारहरू (जस्तै यूएई) भन्दा पाँच गुणासम्म महँगो देखिएको छ ।

राज्य टेलिभिजनले शुक्रबार कार बजारमा ‘दैनिक’ मूल्यवृद्धि भइरहेको पुष्टि गरेको छ । तर यसका लागि मुद्रास्फीतिसँग सम्बन्धित मनोवैज्ञानिक कारणहरू र फाइदा कमाउन खोज्ने व्यापारीहरूले फैलाएका ‘नक्कली मूल्य’ लाई दोष दिएको छ । हाल इरानमा मासिक न्यूनतम तलब १७ करोड रियाल (९२ डलरभन्दा कम) छ, जुन मार्च २१ बाट सुरु भएको नयाँ वर्षका लागि करिब ६० प्रतिशत बढाइएको हो । सरकारले खाद्यान्न र अत्यावश्यक वस्तुहरूका लागि प्रतिव्यक्ति मासिक करिब १० डलर बराबरको अनुदान पनि दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचन र त्यसको एक हप्तापछि हुने अमेरिकी मध्यअवधि चुनाव अघि इरानमाथि संयुक्त रूपमा नयाँ र ठूलो सैन्य कारबाही सुरु गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफल भएको खुलासा भएको छ। एक्सियोसले उच्चस्तरीय अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो । अधिकारीहरूका अनुसार, ...
। चिनियाँ औद्योगीकरणको अत्यधिक उत्पादन (ओवरक्यापासिटी) र तीव्र निर्यातले युरोपेली बजार र उद्योगमा पारेको सङ्कट रोक्न युरोपेली सङ्घले नयाँ रणनीति अघि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी कर बढाउने नीतिको सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप ) तोक्दै ‘चाइना शक २.०’ को सामना गर्ने बाटो रोजेको छ। यसै क्रममा युरोपेली सङ्घ र चीनबिच ...
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...