मुख्य समाचार
ट्रम्पले गरेको सेना फिर्ताको घोषणालाई जर्मनीले अस्वभाविक निर्णय नभएको प्रतिक्रिया
ट्रम्पले गरेको सेना फिर्ताको घोषणालाई जर्मनीले अस्वभाविक निर्णय नभएको प्रतिक्रिया

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको सेना फिर्ताको घोषणालाई जर्मनीले अस्वभाविक निर्णय नभएको प्रतिक्रिया दिएको छ । जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले अमेरिकाले आफ्नो देशबाट ५,००० सैनिक फिर्ता गर्ने निर्णय ‘पहिल्यै अनुमान’ गरिएको बताएका छन् । उनले युरोपमा, विशेष गरी जर्मनीमा, अमेरिकी सैनिकको उपस्थिति जर्मनी र अमेरिका दुवैका लागि महत्वपूर्ण रहेको पनि बताएका छन् ।


नाटोकी प्रवक्ता एदिसन हार्टले भने यस निर्णयबारे विस्तृत जानकारी बुझ्न अमेरिकासँग समन्वय भइरहेको बताएकी छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार राति भनेका थिए, ‘हामी सेनाको संख्या धेरै घटाउनेछौं, ५,००० भन्दा पनि बढी घटाउने छौं ।’ यो निर्णय ट्रम्पले जर्मन चान्सलर फ्रिडरिख मर्जको आलोचनापछि आएको हो । मर्जले इरानसँग भइरहेको वार्तामा अमेरिका ‘अपमानित’ भएको बताएका थिए ।



हाल जर्मनीमा करिब ३६ हजार बढी अमेरिकी सैनिक तैनाथ छन्, जुन युरोपमा सबैभन्दा ठूलो संख्या हो । यसको तुलनामा इटालीमा करिब १२ हजार र बेलायतमा १० हजार सैनिक छन् । ट्रम्पले इटाली र स्पेनबाट पनि सैनिक फिर्ता गर्ने सम्भावना व्यक्त गरेका छन् । यसअघि रोमानियामा पनि अमेरिकी सैन्य उपस्थिति घटाइएको थियो । जुन ट्रम्पको ध्यान युरोपबाट हटाएर इन्डो–प्यासिफिक क्षेत्रमा केन्द्रित गर्ने रणनीतिको हिस्सा हो । यस निर्णयले ३२ सदस्यीय नाटो गठबन्धन कमजोर हुन सक्ने चिन्ता बढेको छ ।

ट्रम्पले पहिले जर्मनीलाई नाटोको २ प्रतिशत जीडीपी रक्षा खर्च लक्ष्य पूरा नगरेको भन्दै आलोचना गरेका थिए । तर अहिले मर्ज सरकार अन्तर्गत जर्मनीले २०२७ सम्ममा करिब १०५.८ अर्ब युरो रक्षा खर्च गर्ने योजना बनाएको छ । कुल मिलाएर जर्मनीको रक्षा खर्च जीडीपीको ३.१ प्रतिशत पुग्ने अनुमान गरिएको छ, जसमा युक्रेनलाई दिइरहेको सहयोग पनि समावेश छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...